बिहीबार, वैशाख ३, २०८३

ब्राजिलियन स्टार जेससलाई दुई महिना प्रतिबन्ध

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
एजेन्सी- ब्राजिलियन स्टार खेलाडी गाब्रिएल जेससलाई दुई महिना प्रबिन्ध लगाएको छ । उनलाई दक्षिण अमेरिक फुटबल संघले दुई महिना अन्तर्राष्ट्रिय फुटबलबाट प्रतिबन्ध लगाएको हो । 

२२ वर्षीय जेससले गत महिना घरेलु मैदानमा आयोजना भएको कोपा अमेरिकाको फाइनल खेलमा दुब्र्यबहार गरेको भन्दै दुई महिनाको पतिबन्ध लगाएको रिपोर्टमा उल्लेख छ। उनलाई ३० हजार डलरको अरिवाना समेत लगाएको छ । 

फाइनल खेलमा पेरुलाई ३-१ ले पराजति गर्ने क्रममा जेससले एक असिस्ट गरेका थिए । म्यानचेस्टर सिटीका फरवार्ड जेससले दोहोरो पहेको कार्ड पाउदा चिलियन रेफ्री रोबेर्टो टोबरलाई दुब्र्यवहार गरेको आरोप लागेको छ ।

अब जेससले दुई महिनासम्म राष्ट्रिय टोलीबाट कुनै पनि आधिकारिक र मैत्रिपूर्ण खेल खेल्न नपाउनले दक्षिण अमेरिका फुटबल संघको प्रतिबेदनमा उल्लेख रहेको रिर्पोटले जनाएको छ । 

संघका अनुसार जेससले अनुशासन नियमको अनुच्छेद ७.१ र ७.२ को कुनै पनि प्रकारले अपमानजनक वा अपमानजक व्यवहार गरेको बताइएको छ । यससँगै जेससले कोलम्बिया र पेरुसँगको मैत्रिपूर्ण खेल गुमाउने भएका छन्। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।