बिहीबार, वैशाख ३, २०८३

पारसले मारे छलाङ : गेल, रसेल र धोनी भन्दा अघि

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari
काठमाडौं - अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीको टी–२० को वरीयतामा नेपाली टिमका कप्तान पारस खड्काले ठूलो छलाङ मारेका छन्। उनी टी–२० को अलराउण्डरतर्फ २५औँ स्थानमा उक्लिएका छन्। यो खड्काको हालसम्मकै उच्च उपलब्धि समेत हो । 

पारसले अफगानिस्तानका राशिद खान, न्युजिल्यान्डका कोलिन डि ग्राण्डहोम, इंग्ल्यान्डका जो रुट, बेन स्टोक्स, भारतका हार्दिक पान्ड्या, दक्षिण अफ्रिकाका क्रिस मोरिस र वेस्ट इन्डिजका आन्द्रे रसेल जस्ता स्टार खेलाडीलाई पछि पारेका छन् ।

यस्तै कप्तान पारस ब्याटिङतर्फ ६६ औं स्थानमा उक्लेका छन्। उनले भारतका महेन्द्र सिंह धोनी र वेष्ट इण्डिजका क्रिस गेललाई पछि पारेका छन् । ब्याटिङतर्फ पनि हालसम्मकै उच्च वरियतामा पुगेका हुन्। हालै मलेसिया र सिंगापुरमा गरेको प्रदर्शनका आधारमा उनले आईसीसीको वरीयतामा ठूलो छलाङ मारेका हुन्। 

अलराउण्डमा अर्का खेलाडी सोमपाल कामी ६६औँ स्थानमा रहेका छन् । 

यस्तै बलिङमा नेपाली बलर बसन्त रेग्मी ७१ औं स्थानमा झरेका छन् भने सोमपाल कामी ७८ औं स्थानमा रहेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।