बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • डिजिटल सरकारी कार्यालय कार्यान्नवयनमा ल्याउन निर्देशन

डिजिटल सरकारी कार्यालय कार्यान्नवयनमा ल्याउन निर्देशन

सरकारी कार्यालयमा एक महिनाभित्रै अटोमेसिन कार्यान्वयनमा ल्याउन मुख्य सचिव शंकरदास बैरागीले निर्देशन दिएका छन्।
 |  बिहीबार, साउन १४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १४, २०७८

काठमाडौं- सरकारी कार्यालयमा एक महिनाभित्रै अटोमेसिन कार्यान्वयनमा ल्याउन मुख्य सचिव शंकरदास बैरागीले निर्देशन दिएका छन्। 

बुधबार सबै सचिवहरूलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बोलाएर मुख्य सचिव बैरागीले उक्त निर्देशन दिएका हुन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता कृष्णबहादुर राउतले सिंहबार भित्र साउन भित्रै र बाहिरका सरकारी कार्यालयमा एक महिनाभित्र अटोमेसन लागू गर्न सबै सचिवहरूलाई निर्देशन दिइएको बताए।

प्रवक्ता राउतका अनुसार सचिव बैरागीले सरकारी कामकाजमा सरकारी इमेल नै प्रयोग गर्न पनि  निर्देशन दिएका छन्। यसअघिको बैठकमा मुख्यसचिव बैरागीले 'डिजिटल नेपाल फ्रेमवर्क' कार्यान्वयनको अवस्था सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिवबाट जानकारी लिएका थिए।

यस्तै छलफलमा मुख्य सचिव बैरागीले सरकारी कार्यालयमा एक महिनाभित्रै अटोमेसिन कार्यान्वयनमा ल्याउनसमेत निर्देशन दिएका छन्।

कार्यालयका प्रवक्ता राउतका अनुसार सिंहबार भित्र साउन भित्रै र बाहिरका सरकारी कार्यालयमा एक महिनाभित्र अटोमेसन लागू गर्न सबै सचिवलाई निर्देशन दिइएको छ।

प्रकाशित: Jul 29, 2021| 07:55 बिहीबार, साउन १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।