काठमाडौं - भारतमा आयोजना हुने साफ यू-१५ फुटबल च्याम्पियनसिपका लागि नेपालले राष्ट्रिय टोलीको घोषणा गरेको छ। बुधबार २३ सदस्सीय नेपाली टोलीको घोषणा भएको हो।
प्रतियोगितामा नेपालसहित भारत, श्रीलंका, बंगलादेश र भुटान गरि पाँच राष्ट्रले सहभागीता जनाएका छन्। प्रतियोगिता राउण्ड रोबिनको आधारमा हुनेछ। लिगको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिष्पर्धा गर्नेछन्।
नेपाली टोलीको मुख्य प्रशिक्षक सुनिल श्रेष्ठ र सहायक प्रशिक्षक राज कुमार केसी रहेका छन्। नेपालले पहिलो खेल अगष्ट २१ मा भारतसँग खेल्नेछ। यस्तै अगष्ट २३ मा श्रीलंका, अगष्ट २७ मा बंगलादेश र अगष्ट २९ मा भुटानसँग खेल्नेछ।
यस्तो छ नेपाली टोली
गोलकिपर : ईश्वर गुरुङ, मोनोज दाहाल, जिनियस केसी
डिफेन्डर : प्रज्ञान महर्जन, अविशेक वाइबा, प्रमिश गुरुङ, अजय चौधरी, जन लिम्बु, रोशन थापा
मिडफिल्डर : जन्मे जय धामी, निराजन मल्ल, प्रदिप लम्साल, नितेस श्रेष्ठ, अशिम राई, बिपिन तुम्सिङ मगर, अमिर हमिद, मोहित गुरुङ, निराजन खत्री, अनिल चौलागाई
फरवार्ड : कृष्ण अधिकारी यादव, कृष सापकोटा, सुगन जिमी, शशांक बोहरा
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४