बिहीबार, साउन २८, २०८३

विश्वले गुमाएका दुई नारी प्रतिभा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - संसारले दुई प्रख्यात नारी प्रतिभा गुमाएको छ। भारतीय पूर्व विदेशमन्त्री सुषमा स्वराज र प्रख्यात लेखिका टोनी मोरिसनको निधन भएको हो।

नेतृ स्वराज दक्षिण एसियाली राजनीतिको एक प्रभावशाली हस्ती थिइन्। उनीबाट नेपाली महिलाले सिक्ने कुरा धेरै छन्। स्वराजको ६७ वर्षको उमेरमा मंगलबार राति अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एआईएमएस) मा निधन भएको हो।  

यस्तै साहित्य विधामा नोबेल पुरस्कार विजेता टोनी मोरिसनको ८८ वर्षको उमेरमा न्युयोर्कस्थित मोन्टफियोर मेडिकल सेन्टरमा सोमबार राति निधन भएको हो । 

किशोर अवस्थादेखि नै राजनीतिमा आबद्ध सुष्मा समग्र दक्षिण एसियामा विशिष्ट राजनीतिक उचाइ प्राप्त गर्ने महिला हुन्। उनलाई भारतमा इन्दिरा गान्धीपछिकी दोस्री सशक्त महिलाका रूपमा चिनिन्छ ।

१९७७ मा उनी हरियाणाबाट चुनाव जितेर २५ वर्षकै उमेरमा राज्यमन्त्री भएकी थिइन्। उनी दिल्लीको मुख्यमन्त्री पनि भएकी थिइन्।

२६ मे, २०१४ देखि पाँच वर्ष उनी भारतको विदेशमन्त्री रहिन्। भारतीय संस्कृति, सभ्यता र संस्कृत भाषालाई असाध्यै माया गर्ने सुष्मा बौद्धिक नारीका रूपमा पनि सुपरिचित थिइन् । उनी संस्कृत, हिन्दी र अंग्र्रेजीमा धाराप्रवाह बोल्न सक्थिन्।

सुषमा स्वराज भारतीय राजनीतिक वृत्तकी एक प्रखर तथा ओजस्वी वक्ता, प्रभावशाली सांसद र कुशल प्रशासकको रूपमा चिनिएकी थिइन्। भाजपाका नेता अटलविहारी वाजपेयीपछि सुषमा स्वराज लोकप्रिय वक्ता मानिन्थिन्। 

विदेशमन्त्रीका रूपमा सुषमा स्वराज ट्विटरमा निकै सक्रिय रहेकी थिइन्। विदेशमा फसेका भारतीय नागरिकलाई सहयोग गर्ने विषयमा उनले निकै चासो दिने गरेकी थिइन्।

उत्तरी छिमेकी नेपालमा सन् २०१५ मा विनाशकारी भूकम्प आएपछि सहयोग जुटाउन आयोजित दाता सम्मेलनमा भारतीय विदेश मन्त्रीका हैसियतमा सुषमा स्वराज पनि सहभागी भएकी थिइन्। तर नेपालमा भारतले लगाएको नाकाबन्दीमा विदेशमन्त्री रहेकी शुष्मालाई धेरै नेपालीले सकारात्मक रुपमा लिँदैनन्।

को हुन् मोरिसन

मोरिसन अमेरिकामा अल्पसंख्यक समुदायका पक्षमा बोल्ने र लेख्ने नारी थिइन् । उनले आफ्नो लेखनमा कालाप्रति हुने रंगभेदी व्यवहारविरुद्ध सशक्त आवाज उठाएकी थिइन्। उनलको लेखनको विषय वस्तु नै काला जातिका अमेरिकीले भोगेका विभेद र अन्याय हुन्थे।

मोरिसन नोबेल पुरस्कार जित्ने पहिलो अफ्रिकी–अमेरिकी महिला हुन्। उनले सन् १९९३ मा साहित्यतर्फको नोबेल पुरस्कार पाएकी थिइन् । बालसाहित्य र निबन्ध लेखनमा सक्रिय मोरिसनका ११ वटा उपन्यास प्रकाशित छन्। उनका उपन्यासमध्ये ‘सङ अफ सोलोमन’ निकै चर्चित थियो। यो उपन्यासले सन्  १९७७ मा नेसनल बुक क्रिटिक्स सर्कल अवार्ड जितेको थियो। बिलभ्ड उनको १९८८ मा पुलिट्जर पुरस्कार पाउने उपन्यास हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।