बिहीबार, साउन २८, २०८३

वायुसेवा निगमलाई सुधार्न कार्यदल

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - धारासायी बनेको नेपाल वायुसेवा निगमलाई सुधार्नका लागि पर्यटन मन्त्रालयले कार्यदल गठन गरेको छ।

योगेश भट्टराई पर्यटन मन्त्री भएलगत्तै निगम सुधारका लागि कदम उठाइएको छ। जसअनुसार मन्त्री भट्टराईले ५ सदस्यीय कार्यदल बनाएका छन्। कार्यदललाई प्रतिवेदन बुझाउन एक महिनाको समय दिइएको छ।

कार्यदलको संयोजकमा पूर्वसचिव सुशील घिमिरे रहेका छन् भने सदस्यहरुमा चार्टर्ड एकाउन्टेन्ट प्रमोद कर्ण, व्यवस्थापन विज्ञ डिमप्रकाश पौडेल, क्याप्टेन सुधीरशंशेर राई रहेका छन् । कार्यदलको सदस्य सचिवमा मन्त्रालयका सहसचिव बुद्धिसागर घिमिरे रहेका छन्। 

मन्त्री भट्टराईले नेपाल वायु सेवा निगम समस्यामा रहेको र सुधार गर्न आवश्यक रहेकोले कार्यदल बनाइएको बताए। उनले प्रतिवेदन आएपछि सुधारका कार्यक्रम अगाडि बढ्ने बताए।

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।