बिहीबार, साउन २८, २०८३

पेट्रोल र डिजेल मूल्य बढ्यो, एलपी ग्यासको घट्यो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडाैं- नेपाल आयल निगमले  इन्धनको मूल्य समायोजन गरेको छ ।

निगमले पेट्रोल, डिजेल र मटितेलको मूल्य प्रति लिटर १ रुपैयाँ बढाएको छ भने खाना पकाउने एलपी ग्यासको मूल्य २५ रुपैयाँ घटाएको छ । 

मंगलबार रातिबाट लागु भएको नयाँ मूल्यअनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १०९ रुपैयाँ पुगेको छ भने डिजेल र मटितेलको ९७ रुपैयाँ भएको छ । मूल्य घटेपछि एक सिलिन्डर ग्यासको लागि १ हजार ३७५ रुपैयाँ तिर्नुपर्ने छ ।

हवाई ईन्धनको हकमा खुद्रा विक्री मूल्य यथावत राखिएको छ ।

इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ सूचीअनुसार इन्धनको मूल्य समायोजन गरिएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले जानकारी दिए । ग्यासमा निगमले घाटा बेहोरेकोका कारण मूलय समायोजन गर्न नसकिएको भएपनि यसपटक केहि मूल्य घटाएको जानकारी दिए ।  

उनले भारतीय नाका रक्सौलबाट तेल तस्करी बढेका कारणले समस्या उत्पन्न भएको पनि जनाएका छन् । अहिले गरिएको मूल्य समायोजनपछि पनि नेपालतर्फको मूल्य रक्सौलको मूल्यको तुलनामा पेट्रोल र डिजलमा प्रतिलिटर क्रमशः १४.३७ र १५.४७ रुपैयाँ सस्तो छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।