भारतकी पूर्वविदेशमन्त्री सुष्मा स्वराजको निधन भएको छ । भारतीय जनता पार्टीकी नेतृसमेत रहेकी ६७ वर्षीया स्वराजको मंगलबार राति हृदयघातका कारण निधन भएको हो।
भारतीय संचारमाध्यमका अनुसार सुष्मा स्वराजको हृदयघातपछि स्वराजलाई एम्स अस्पतालमा भर्ना गरिएको थियो। अस्पताल पुर्याउनेवित्तिकै आकस्मिक कक्षमा लगिएको थियो । त्यसको केही समयमा अस्पतालले उनलाई मृत घोषणा गरेको थियो ।
स्वराजको निधन भएको अस्पतालमा प्रधानमन्त्री नरेन्द्र मोदी, भारतीय रक्षामन्त्री राजनाथ सिंह, केन्द्रीय स्वास्थ्यमन्त्री हर्षवर्धन र केन्द्रीयमन्त्री नितिन गडकरी पनि अस्पताल पुगेका छन्।
६७ वर्षीया स्वाराज लामो समयदेखि बिरामी थिइन्। उनले स्वास्थ्य अवस्था कमजोर रहेको अवस्था दर्शाउँदै प्रधानमन्त्री मोदीलाई पछिल्लो समय मन्त्री नबनाउन पनि आग्रह गरेकी थिइन् भने उनी लोकसभा निर्वाचनमा उम्मेदवार पनि बनेकी थिइनन्। मोदीको पहिलो प्रधानमन्त्रीको कार्यकालमा उनी विदेशमन्त्री भएकी थिइन्।
स्वराज लामो समयदेखि बिरामी थिइन्। सन् २०१६ मा उनको मृगौला प्रत्यारोपण गरिएको थियो।
सन् ७० को दशकमा जयप्रकाश नारायण लगायतका समाजवादी नेताहरुसँगको निकटताबाट सुष्मा स्वराज राजनीतिमा तानिएकी थिइन्।
तर सन् १९७७ मा इन्दिरा गाँधीले घोषणा गरेको इमर्जेन्सीकोे विरुद्धमा अग्रपंक्तिमा रहेर संघर्ष गरिन्। त्यसपछि उनी भारतीय जनता पार्टीमा आबद्ध भइन्। र, उनी त्यहि पार्टीबाट विदेशमन्त्रीसम्म बनिन् ।
सन् १९७७ मा २५ वर्षको उमेरमा हरियाणाबाट चुनाव लडेकी सुषमा सन् २०१४ देखि २०१८ सम्म भारतको विदेशमन्त्री भएकी थिइन् । भारतीय जनता पार्टीको सरकारका पालामा उनी दिल्लीकै पहिलो मुख्यमन्त्री समेत भएकी थिइन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४