बिहीबार, साउन २८, २०८३

जापान उडानका लागि टिकट बिक्रीकर्ता नियुक्त

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले नेपाल–जापान गन्तव्य उडानका लागि ‘ग्लोबल एडभान्स ट्रान्सपोर्ट कम्पनी’ लाई टिकट बिक्रीकर्ता  (पिएसए) नियुक्त गरेको छ ।
    
निगमले आज एक विज्ञप्ति जारी गर्दै जापानको उडानबाट हुने राजश्व वृद्धिको लक्ष्यलाई उच्च महत्व दिँदै उक्त कम्पनीलाई पिएसए नियुक्त गरेको जनाएको हो। निगमले उक्त कम्पनीबाट व्यवसाय र सेवा दुवैलाई समायोजन गरी मुनाफामुखी प्रतिफलका लागि कम्पनी छनोट गरिएको उल्लेख गरेको छ। कम्पनीले नेपाल–जापानको उडानमा निगमलाई आवश्यक यात्रु उपलब्ध गराउने सुनिश्चितताका आधारमा पिएसए नियुक्त गरेको विज्ञप्तिमा जनाइएको छ। 

उक्त कम्पनी जापानको ख्यातिप्राप्त ट्राभल एजेन्ट्स एचआइएस समूहबाट सम्बन्धन प्राप्त समूह भएको र यस समूहसँगको सहकार्ययुक्त एजेन्सीले नेपाल–जापान उडानको निरन्तरतालाई थप सशक्त पार्ने निगमको अपेक्षा छ। निगमले आगामी भदौ १२ गतेदेखि जापानको ओसाका सिधा उडान गर्ने तयारी गरेको छ। सन् २००८ देखि निगमको जापान उडान बन्द भएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।