बिहीबार, साउन २८, २०८३

उपनिर्वाचन : को–को बन्दै छन् उम्मेदवार?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - प्रतिनिधिसभाको रिक्त एक र प्रदेश सभाको रिक्त तीन सिटसहित ५० स्थानमा उपनिर्वाचन हुने भएको छ। मंसिर १४ गते हुने उपनिर्वाचनका लागि दलहरूमा उम्मेदवारको चर्चा चलेको छ।

प्रतिनिधिसभाको एक मात्र रिक्त सिट कास्की क्षेत्र नम्बर २ को चर्चा यसअघिदेखि नै सुरु भइसकेको थियो। उक्त क्षेत्रबाट निर्वाचित सत्तारुढ दल नेकपाका सांसद तथा पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको थियो।

२०७५ फागुन १७ गते पोखरामा आयोजित अधिकारीको अन्त्येष्टि कार्यक्रमपछि नै उम्मेदवारको चर्चा चलेको थियो। अन्त्येष्टिमा पुगेका अधिकारी निकट नेता वामदेव गौतमलाई त्यस क्षेत्रबाट उम्मेदवार बनाउने चर्चा चल्यो। तर, सोही कार्यक्रममा गौतमले आफू उम्मेदवार नबन्ने प्रस्ट पारेका थिए।

उपनिर्वाचन घोषणा भएपछि पुनः गौतमको चर्चा चलेको छ। तर, गौतमले अधिकारीकी पत्नी विद्या भट्टराईलाई सिफारिस गरेका छन्।

हालसम्म नेकपाले उम्मेदवारका विषयमा टुंगो लगाएको छैन। हुन त नेकपाभित्र कास्की क्षेत्र नम्बर २ वटा उम्मेदवार बन्न चाहनेहरुको सूची लामै छ। जसमा सोमनाथ प्यासी, धनराज आचार्य, रश्मि आचार्य, तेजनारायण अधिकारी, राजकाजी गुरुङलगायतका छन्।

रवीन्द्र अधिकारीले कास्कीबाट लगातार तीन पटक चुनाव जितेका थिए। पछिल्लो चुनावमा अधिकारीले २७ हजार २ सय ७ मत ल्याएका थिए। अधिकारीका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार देवराज चालिसेले १८ हजार ६ सय ६१ मत ल्याएका थिए। 

कांग्रेसका तर्फबाट उपनिर्वाचनमा चालिसेलाई नै उम्मेदवार बनाउने चर्चा चलेको छ। चालिसेसँगै सोभियत अधिकारीलगायतको नाम चर्चामा रहेको छ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने यसबारे अहिल्यै छलफल भइनसकेको बताए।

यसअघि कास्कीबाट कांग्रेस नेता तारानाथ रानाभाट र एमाले नेता तुलबहादुर गुरुङ २–२ पटक सांसद बनेका थिए। तर, यिनीहरुको रेकर्ड तोड्दै अधिकारीले तेस्रो पटक चुनाव जितेका थिए।

उपनिर्वाचन हुने क्षेत्रहरु
 

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।