बिहीबार, साउन २८, २०८३

पौने दुई करोड ठगेर भागेकी प्रतिमा सिआइबीको फन्दामा  

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - बचतकर्ताको पौने दुई करोड बढि रकम ठगेर फरार रहेकी प्रतिमा गौतमलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले नियन्त्रणमा लिएको छ । 

काठमाडौंको टोखा नगरपालिका–९  स्थित नाङ्गलो दिप सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडकी संचालक  प्रतिमा सिटौलाले दुईसय दुई जनाको  एक करोड  ८३ लाख  १८ हजार  ८ सय  ७५ रुपैयाँ लिएर भागेकी थिइन्।  

केन्द्रीय अनुसन्धान ब्यूरोले उनलाइ नुवाकोटको बिदुरबाट सोमबार पक्राउ गरेको हो।

विसं २०७० सालमा आकर्षक ब्याज तथा उपहारसमेत दिने भन्दै सर्वसाधारणको रकम लिएर भागेकी काठमाडौं -२६ नक्सालकी प्रतिमा बिरुद्ध निक्षेपकर्ताले उच्च अदालत पाटनमा मुद्दा हालेका थिए । 

उक्त मुद्दाको फैसला गर्दै उच्च अदालत पाटनले  ०७३ चैत्र ७ गते प्रतिमा बिरुद्ध १ महिना कैद तथा १ करोड ८३ लाख १८ हजार ८ सय ७५ रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो ।
उच्च अदालतको आदेशपछि फरार रहेकी उनलाई सिआइबीको विशेष टोलीले पक्राउ गरि काठमाडौं जिल्ला अदालतमा बुझाएको छ।
    
काठमाडौं जिल्ला अदालतले उनलाई कैद भुक्तानका लागि केन्द्रीय कारागार कार्यालय सुन्धारा काठमाडौं पठाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।