बिहीबार, साउन २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लोकसेवा विज्ञापन विरोध आन्दोलनमा प्रहरी हस्तक्षेप (भिडियो/फोटो)

लोकसेवा विज्ञापन विरोध आन्दोलनमा प्रहरी हस्तक्षेप (भिडियो/फोटो)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - लोकसेवा आयोगले गरेको विज्ञापनको विरोधमा विभिन्न संघसंस्थाले मंगलबार भृकुटी मण्डपबाट निकालेको मौन जुलुसमा प्रहरीले हस्तक्षेप गरेको छ।

गत जेठ १५ गते लोक सेवा आयोगले ५१५ वटा स्थानीय तहका विभिन्न पदपूर्ति गर्न विज्ञापन गरेको थियो। उक्त विज्ञापनमा समावेशी र समानुपातिक सिद्धान्तलाई बेवास्ता गरिएको भन्दै विभिन्न संघ–संगठनले सुरु गरेको आन्दोलन अन्तर्गत मंगलबार अपराह्न भृकुटी मण्डपदेखि शान्तिबाटिकासम्म मौन जुलुस प्रदर्शन गर्ने कार्यक्रम थियो।

तर, भृकुटी मण्डपमै जुलुसमाथि प्रहरीले हस्तक्षेप गरी तितरवितर पारेको छ।

उक्त विज्ञापन खारेज गर्न माग गर्दै परेको रिटमा सुनुवाई गर्दै सर्वोच्च अदालतले उक्त विज्ञापन रोक्न नमिल्ने आदेश दिइसकेको छ। आन्दोलनमा आदिवासी जनजाति महासंघ, तराई मधेश राष्ट्रिय परिषद् लगायतका संघसंस्थाहरुको संलग्नता छ।

भिडियो
 










प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।