बुधबार, जेठ २०, २०८३

कञ्चनपुरको दक्षिणी क्षेत्रका १८० घर डुबानमा

अविरल वर्षापछि आएको बाढीले कञ्चनपुरको दक्षिणी क्षेत्रका एक सय बढी घर डुबानमा परेका छन्। दोदा नदीमा आएको बाढी वस्तीमा पसेपछि जिल्लाको बेलौरी नगरपालिका, पुनर्वास नगरपालिका र लालझाँडी गाउँपालिकाका एक सय ८० घर डुबानमा परेका हुन्।
 |  शुक्रबार, भदौ ११, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ११, २०७८
National life
Shivam cement

धनगढी- अविरल वर्षापछि आएको बाढीले कञ्चनपुरको दक्षिणी क्षेत्रका एक सय बढी घर डुबानमा परेका छन्। दोदा नदीमा आएको बाढी वस्तीमा पसेपछि जिल्लाको बेलौरी नगरपालिका, पुनर्वास नगरपालिका र लालझाँडी गाउँपालिकाका एक सय ८० घर डुबानमा परेका हुन्।

बाढीका कारण मानवीय क्षति नभए पनि घरमा भण्डारण गरिएको खाद्यान्न, लत्ताकपडा पानीले बगाएको छ। लालझाँडी गाउँपालिकाका अध्यक्ष मदन बडायकले बाढीले पालन गरेको माछा बगाएको बताए। 

ईलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीका प्रहरी निरीक्षक कैलाशसिंह बिष्टले डुबानमा परेकाहरुलाई नेपाल र सशस्त्र प्रहरीले उद्धार गरेर सुरक्षिततर्फ लगिरहेको बताए। उनले क्षतिको वास्तविक विवरण आउन समय लाग्ने बताए। यस्तै, बाढीका कारण धनगढी–पुनर्वास जोड्ने सडक अवरुद्ध भएको छ।

प्रकाशित: Aug 27, 2021| 13:15 शुक्रबार, भदौ ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।