बिहीबार, साउन २८, २०८३

विप्लवका तीन नेता गौशालाबाट पक्राउ 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं– महानगरीय अपराध अनुसन्धान महाशाखाले प्रतिबन्धित नेत्रविक्रम चन्द 'विप्लव’ समूहका तीन जना नेतालाई काठमाडौंको गौशालाबाट पक्राउ गरेको।
    
पक्राउ पर्नेमा  केन्द्रीय सदस्य डम्बर बहादुर विक  बैकल्पिक सदस्य मकर गुरुङ तथा  तमु मुक्ती मोर्चाका अध्यक्ष उमा गुरुङ रहेका छन् । महाशाखाले विशेष सूचनाको आधारमा उनीहरुलाई गौशालास्थित  तमुः मुक्ति मोर्चाकी अध्यक्ष उमा गुरुङको डेराबाट पक्राउ गरेको हो।
 
महानगरीय अपराध महाशाखाका  प्रमुख एसएसपी सहकुल थापाका अनुसार पक्राउ परेका  तीनै जनामाथि थप अनुसन्धान भैरहेको छ। पक्राउ परेका बैकल्पिक  सदस्य मकर श्रेष्ठ मुटुका रोगी रहेकाले उनलाई छाड्ने तयारी भैरहेको छ।

सरकारले गत फागुन २८ गते विप्लव नेकपालाई प्रतिबन्ध लगाएसँगै झन्डै ६७० जनालाई पक्राउ गरिसकेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।