बिहीबार, साउन २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेकपा पार्टी कार्यालयबारे संसदमा चर्चा : प्रतिष्ठा जोगाउन सुझाव

नेकपा पार्टी कार्यालयबारे संसदमा चर्चा : प्रतिष्ठा जोगाउन सुझाव

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले नियम मिचेर सार्वजनिक जग्गा प्रयोग गरेको विषय संसदमा उठेको छ। प्रतिनिधिसभाको मंगलबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले नेकपालाई प्रतिष्ठा जोगाउन सुझाव दिएकी छिन्।

‘सत्ता पक्षलाई चैन अरुलाई ऐन त्यो दृष्टान्त देखियो’, सांसद भुसालले भनिन्, ‘संस्थालाई सार्वजनिक जग्गा भोगाधिकारका लागि दिइएको थियो। तर सार्वजनिक जग्गालाई नियम कानुन मिचेर सत्तारुढ नेकपाले भोग गरेको कुरा उठेको छ।’

प्रमुख प्रतिपक्षीको प्रतिष्ठाको चिन्ता नलिन आग्रह गर्दै उनले नेकपालाई प्रतिष्ठा जोगाउन सुझाव दिइन्।

पासाङ्गलामु शेर्पाको प्रतिष्ठानलाई दिइएको सार्वजनिक जग्गामा नियम मिचेर नेकपाले पार्टी कार्यालय सञ्चालन गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।