बिहीबार, साउन २८, २०८३

मोदीको चासो : काश्मीरपछि राम मन्दिरको निर्माणतर्फ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

नयाँदिल्ली- भारतको अयोध्यास्थित राम मन्दिरसम्बन्धी विवाद छिट्टै टुंगो लाग्ने भएको छ।

लामो समयदेखि अदालतमा रहेको यो मुद्दामा मंगलबारदेखि सुनुवाइ सुरु भएको छ । मुद्दाको टुंगो आगामी ३५ दिनभित्र (नोभेम्भर १७ सम्ममा) लाग्नेछ ।

विवादास्पद स्थलमा पहिले कुनै मन्दिर थियो वा थिएन अथवा मन्दिरलाई तोडेर मस्जिद बनाइएको थियो? भन्ने अदालतको मुख्य विषय हो।

यस मुद्दामा मध्यस्थता असफल भएपछि सर्वोच्च अदालतले पाँच जना न्यायाधीश सम्मिलित बेन्च रद्द गरेको थियो ।
 
सर्वोच्चका प्रधानन्यायाधीश रञ्जन गोगोईको कार्यकाल अब ३५ दिनमात्र बाँकी छ । त्यसैले पनि यो मुद्दा टुंगोमा पुर्‍याउन उनले विशेष चासो दिएको बताइएको छ । भारतको पुरातत्त्व सर्वेक्षण रिपोर्टअनुसार विवादित स्थानको तल्लो भागमा पुरानो मन्दिरको विशाल संरचना थियो। 

राम मन्दिर भत्काएर बाबरी मस्जिद बनाइएको भन्दै विवाद चल्दै आएको छ। 

कास्मिरको स्वायत्तता समाप्त गरेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकार अयोध्यामा राम मन्दिर निर्माणमा केन्द्रित भएको छ। 

सत्तारूढ भारतीय जनता पार्टी (भाजपा) र उसको मुख्य संगठन ‘राष्ट्रिय स्वयम् सेवक संघ’ (आरएसएस) ले मुख्य एजेन्डा बनाउँदै आएको राम मन्दिर निर्माण प्रक्रियालाई मोदी सरकारले अगाडि बढाएको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।