बिहीबार, साउन २८, २०८३

२२ वर्षीया युवतीको गहना लुटेर हत्या प्रयास

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी- बझाङमा एक जना युवतीको गहना लुटपाट गरी हत्याको प्रयास भएको छ । 

जिल्लाको थलारा गाउँपालिका–५ की २२ वर्षीया विमला खाती ओलीको अज्ञात समूहले गहना लुटपाट गरी ज्यान मार्ने प्रयास गरेको प्रहरीले जनाएको छ ।

सोमबार बेलुका केदास्युँ गाउँपालिका–९ माइती घरबाट पोईली घर थलारा जाने क्रममा थलारा गाँउपालिका –३ को शिलाकोट भन्ने स्थानमा अज्ञात समूहले गहना र मोबाइल लुटेको र हत्या गर्ने प्रयास गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार ओलीको टिनको पाताले घाँटी रेटेर हत्याको प्रयास हुनका साथै ओलीको साथमा रहेकी १३ वर्षीया बहिनी सुलोचना ओली माथि पनि लुटेरा समूहले आक्रमण गरेका थिए ।

घाइते दुवैजनाको जिल्ला अस्पताल सिमखेतमा उपचार सम्भव नभए पछी नेपालगँज रेफर गरीएको जिल्ला स्वास्य कार्यालय बझाङका डा।सन्दिप ओखेडाले बताए ।

घटनाको बारेमा प्रहरीले अनुसन्धान गर्दा उत्त घटनामा थलारा गाउँपालिका६ का २२ वर्षीय सौरव चौहान हुन सक्ने र उनको खोजी कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख सुर्यबहादुर केशीले जानकारी दिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।