बिहीबार, साउन २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कश्मीरको विशेष अधिकार खाेसियाे : अब देखिनेछ यस्तो फरक

कश्मीरको विशेष अधिकार खाेसियाे : अब देखिनेछ यस्तो फरक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

भारत सरकारले जम्मु कश्मीरका लागि संविधानमा गरिएको विशेष व्यवस्था खारेज गरेको छ । भारतीय राष्ट्रपति रामनाथ कोविन्दको आदेशबाट संविधानको धारा ३७० खारेज गरिएको हो ।

मुस्लिम बाहुल्य जम्मु कश्मीरलाई विशेष स्वायत्तता दिने संविधानको धारा ३७० खारेज गर्ने आदेशमा भारतीय राष्ट्रपतिले हस्ताक्षर गरेको गृहमन्त्री अमित शाहले राज्यसभालाई जानकारी दिएका छन् । 

अब जम्मु कश्मीर छुट्टै राज्य नभई केन्द्र शासित प्रदेश हुनेछ । यस राज्यमा नागरिकले दोहोरो नागरिकता राख्न पाउने छैनन् । सरकारले गरेको यो निर्णयलाई प्रधानमन्त्री नरेन्द्र मोदी सरकारको एक ऐतिहासिक कदम भनिएको छ । 

यो निर्णयसँगै जम्मु कश्मीरको शासन व्यवस्था नै परिवर्तन हुने भएको छ। 

अब के के हुन्छ फरक ?

प्रदेशको अलग्गै झन्डा थियो अब त्यो पनि खारेज भएको छ । 

अहिलेसम्म विधानसभाबाट निर्वाचित मुख्यमन्त्री प्रदेशको कार्यकारी प्रमुख हुने व्यवस्था थियो । अब प्रदेशको शासन सीधै केन्द्र सरकारको हातमा हुनेछ । राज्यको शासन चलाउन गृह मन्त्रालयले उपराज्यपाल खटाउनेछ ।
 
अहिलेसम्म जम्मु–कस्मिरको विधानसभाको कार्यकाल ६ वर्षको हुन्थ्यो, अब अन्य प्रदेशको जस्तै पाँच वर्षको मात्रै हुनेछ । तर, विधानसभाले मुख्यमन्त्री छान्न पाउने व्यवस्था हटाइएको छ । अर्को राज्य लद्दाखमा भने विधानसभा नै हुनेछैन ।
 
अहिलेसम्म केन्द्रीय संसद्ले पारित गरेका कानुन भारतभर एकैपटक लागू भए पनि जम्मु–कश्मीरमा त्यहाँको विधानसभाले अनुमोदन गरेपछि मात्र लागू हुने व्यवस्था थियो । अब केन्द्रीय संसद्ले पारित गरेका कानुन जम्मु–कश्मीरको विधानसभामा प्रस्तुत गर्नुपर्ने छैन । 

धारा ३७० अनुसार जम्मु-कश्मीरको जग्गा सो राज्यभन्दा बाहिरका बासिन्दाले किन्न नपाउने व्यवस्था थियो । अब हरेक भारतीय नागरिकले जम्मु-कश्मीरमा जग्गा किन्न पाउनेछन् ।
 
अहिलेसम्म जम्मु कश्मीरको राज्य सरकारअन्तर्गतका जागीरमा स्थानीय नागरिकले मात्र प्रतिस्पर्धा गर्न पाउँथे । अब सबै भारतीयका लागि खुला हुनेछ ।
 
कश्मीरी महिलाले अन्य प्रदेशका नागरिकसँग बिहे गरेमा उनले कश्मीरी नागरिकको रूपमा पाउने सुविधा कटौती हुने व्यवस्था थियो । त्यस्तै, कश्मीरी महिलाले पाकिस्तानी नागरिकसँग बिहे गरेमा उनले कश्मीरी नागरिकको रूपमा पाउने सुविधा कायम रहने र पाकिस्तानी पुरुष पनि कश्मीरी हुनसक्ने व्यवस्था थियो । यो व्यवस्था रहने छैन ।
 
 धारा ३७० को एउटा व्यवस्था भने कायम राखिएको छ । बाँकी रहेको कानुनी अंशअनुसार राष्ट्रपतिले कुनै पनि वेला कुनै पनि व्यवस्था परिवर्तन गर्न सक्नेछन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।