बिहीबार, साउन २८, २०८३

थारु समुदायले यसरी मनाए गुरही पर्व (फोटो फिचर) 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी- सोमबार कैलालीका थारु समुदायले धुमधामका साथ गुरही पर्व मनाएका छन्।

गुरही पर्वको अवसरमा धनगढीको क्याम्पस चोक (गुरही चोक) मा विभिन्न सांस्कृतिक कार्यक्रमहरु गरिएको छ। थारु समुदायसँग सम्बन्धित विभिन्न संघ सस्थाको आयोजनामा पर्व मनाइएको हो। 

गुरही पर्व थारु समुदायको पहिलो चाड हो। थारु समुदायले आठ वर्षदेखि क्याम्पस चोकलाई गुरही चोक नामाकरण गरेर नागपञ्चमीको दिन यो पर्व मनाउदै आएका छन्।

थारु जातिहरुका वर्षभरि मनाइने पर्वको शुरुवात गुरही पर्वबाट हुने भएकाले यस पर्वलाई बिशेष पर्वको रुपमा मनाउने गरिएको मुल आयोजक समिति संयोजक उन्नती चौधरीले जानकारी दिईन्। 

थारु समुदायमा गुरही मनाउनुको अर्थ, नाग बाबालाई पुजा गर्दा विषालु सर्प घरमा नआउने, घरमा चट्याङ नपर्ने, आगलागी नहुने, दुःखको बज्रपात नपर्ने, रोगव्याधी र महामारी घरमा प्रवेश नगर्ने विश्वास रहिआएको थारु अगुवाहरुको भनाइ छ। 

मनको शान्ति र उच्च विचारले मनाउने पर्वहरुले मनको शान्ति र अमनचयन दिने लक्ष्मण चौधरीले बताए।

गुरही पर्वलाई थारु संस्कृतिको धार्मिक पक्षसँग तुलना गर्दा बढी उपयुक्त रहेको उनको भनाई छ। थारु समुदायमा चाडपर्वहरु जमेर मनाउने गरिन्छ। गाउँघरका सबै नागरिक एकै थलोमा जम्मा भएर गुरही मनाउनु आफैमा थारु एकताको विषय भएको चौधरीले बताए।

गुरही असरैना कार्यक्रमको उद्घाटन धनगढी उपमहानगरपालिका मेयर नृप वडले गरे। 

थारु समुदायको लोक संस्कृति जगेर्ना गर्न स्थानीय सरकार तयार रहेको बताए। मेयरले थारु अगुवा संगै गुरही बिसर्जनसमेत गरे। 

उपमेयर शुशिला भट्टले समाजलाई एकताबद्ध बनाई राख्न मौलिक लोक संस्कृतिको जगेर्ना गर्नु जरुरी रहेको बताइन्। थारु समुदाय लोक सस्कृतिको धनी रहेको भन्दै भट्टले नया पुस्ताले लोक सस्कृती जगेर्ना गर्न विशेष ध्यान दिनुपर्नेमा जोड दिईन्। 

थारु समुदायका महिलाले मकै, चना जस्ता खानाका परिकार घरबाट नै पकाएर ल्याउने र गुरही सेलाए पछि सबैलाई प्रसादको रुपमा बाड्ने गरिन्छ।






प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।