बिहीबार, साउन २८, २०८३

भ्रमण वर्ष सफल पार्न लिगलिगे दौड र शान्ति गोष्ठी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- सरकारको सन् २०२० को भ्रमण वर्ष सफल बनाउन नेपाली सेनाले लिगलिगे दौडदेखि संयुक्त राष्ट्र सङ्घको शान्तिस्थापना कार्यसम्बन्धी गोष्ठीसम्म आयोजना गर्ने भएको छ।

रक्षा मन्त्रालय र नेपाली सेनाबाट आव २०७५/७६मा सम्पादित कार्यको वार्षिक प्रगति समीक्षा बैठकमा प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाल सरकारको प्राथमिकतामा परेको भ्रमण वर्ष २०२० सफल तुल्याउन सेनाले विभिन्न कार्यक्रम सञ्चालनका लागि गृहकार्य गरिसकेको जानकारी दिए।

सरकारले  भ्रमण वर्षमा २० लाख पर्यटक नेपाल भित्र्याउने घोषणा गर्दै  उक्त कार्यलाई सफल तुल्याउन विभिन्न कार्यक्रमका साथ प्रचारप्रसारलाई तीव्र बनाएको छ।

प्रधानसेनापति थापाले भने, ‘नेपाली सेनाले पनि उक्त कार्यक्रमलाई सफल तुल्याउन केही कन्ट्रिब्यूट गर्नुपर्छ भनेर बहुराष्ट्रिय संयुक्त सैनिकबाट सगरमाथा आरोहण, जंगल सफारी र लामो पदयात्रा, उच्च तथा समथर भूभागमा साहसिक खेल ट्राइथलन  र म्याराथनजस्ता प्रतियोगिता सञ्चालन गरिने छ।’

संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना कार्यसम्बन्धी सेमिनार, नेपालको गोरखाको ऐतिहासिक लिगलिगे दौड र प्याराग्लाइडिङजस्ता खेलकुदका माध्यमबाट नेपाल भ्रमणमा मित्रराष्ट्रका सेनालाई आकर्षण गरिने जनाउँदै प्रधानसेनापति थापाले नेपाल भ्रमण वर्षलाई सफल तुल्याउन सेनाले सम्बन्धित मन्त्रालयसँग समन्वय गरेर काम गर्ने प्रतिबद्धता जनाए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।