बिहीबार, साउन २८, २०८३

ललितपुरको नागदहमा नाग पुजा (फोटो/भिडियो)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

ललितपुर - नाग पञ्चमीको अवसरमा देशभर नाग दह तथा नाग पोखरीहरुमा सोमबार पुजा अर्चन गरिएको छ। ललितपुर धापाखेलको नागदहमा पनि सोमबार ठूलो संख्यामा भक्तजनहरु उपस्थित भएर पूजा अर्चन गरेका छन्।
हिन्दु परम्पराअनुसार श्रावण शुक्ल पञ्चमीका दिन नागको मूर्ति, नागको वासस्थान, पोखरी, पानी भएको कुवा, इनारमा कपासको माला बनाई गाईको दूध, दही, अक्षता, फूल, दुबो, श्रीखण्ड चन्दन, सिन्दूरले पूजा गर्ने प्रचलन छ।

धापाखेलमा प्राचीनकालमा निर्माण भएको नागदहमा नागको बसोबास रहेको र उनीहरु मानव कल्याणका लागि क्रियाशील हुने गरेको जनविश्वास छ। नागपञ्चमीका दिन गरिने पूजाले नाग प्रशन्न भई मनोकांक्षा पूरा हुने तथा पारिवारिक सुख शान्ति कायम हुने मान्यतासहित पूजा अर्चन गरिन्छ।









 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।