बिहीबार, साउन २८, २०८३

बैंकका सञ्चालक र सिईओको उमेर हद तोकियो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सिईओ) र संचालकको उमेर हद लागु हुने भएको छ। 

नेपाल राष्ट्र बैंकले एक निर्देशिका बनाएर प्रमुख कार्यकारी अधिकृत र संचालकको लागि उमेर हद तोकेको हो। 

उमेर हदअनुसार अब ७० नाघेको व्यक्ति सञ्चालक हुन नपाउने भएका छन्। 

राष्ट्र बैंकले तयार गरेको निर्देशिका कार्यान्वयनमा आएपछि सञ्चालकका रुपमा रहेका व्यक्ति ७४ वर्ष पुगेको भए तत्कालै राजीनामा दिनुपर्ने छ भने नयाँ नियुक्त गर्दा ७० वर्षे उमेर हदको दायरामा रहने गरी नियुक्त गर्नुपर्नेछ।

यस्तै बैंक तथा वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतका लागि ६५ वर्षको उमेर हद तोकिएको छ।

निर्देशिका लागु हुनुअघि नियुक्त भएका प्रमुख कार्यकारी अधिकृत पनि ६९ वर्ष उमेर पुगेको भए पद छाड्नुपर्ने भएको छ। नयाँ नियुक्त गर्दा कार्यकालभरि ६५ वर्ष उमेर रहने गरी नियुक्त गर्नुपर्ने भएको छ।

यो व्यवस्था लागू भएपछि अहिले सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत रहेका कतिपय व्यक्तिले पद तत्काल छोड्नुपर्ने देखिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।