बिहीबार, साउन २८, २०८३

तस्करीको यस्तो काइदा : हेल्मेटभित्र चाँदी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम – सशस्त्र प्रहरीले तस्करी गर्न लागिएको चाँदीसहित एकजनालाई नियन्त्रणमा लिएको छ। १५ किलो चाँदीको दानासहित भारत प्रवेश गर्न लागेको अवस्थामा सशस्त्र प्रहरीले धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–२ का ३२ वर्षीय वीरेन्द्र महतोलाई पक्राउ गरेको छ।

महोत्तरीको मठिहानीस्थित सशस्त्र प्रहरी बोर्डर आउटपोस्टबाट गस्तीमा खटिएको टोलीले महतोलाई दशगजा नजिकबाट सोमबार नियन्त्रणमा लिएको हो ।

आउटपोस्टका सशस्त्र प्रहरी निरीक्षक शुभाषचन्द्र मैनालीका अनुसार बीआर ३२ एल ०९८९ भारतीय नम्बरको मोटरसाइल चढेर भारततर्फ गइरहेका महतोको हेल्मेटभित्र चाँदीको पोका बरामद भएको हो। 

महतो चाँदीको दाना बनाइ हेल्मेटभित्र राखेर भारततर्फ गइरहेको अवस्थामा पक्राउ परेको उनले बताए। बरामद गरिएको चाँदीको बजार मूल्य १० लाखभन्दा बढी रहेको बताइएको छ।

महतोले चाँदी भारतको दरभंगासम्म पुर्याउने जिम्मा लिएको प्रहरीसमक्ष बयान दिएका छन् । दरभंगाको कपिल नामक सुनचाँदी कारोबारीका साथै त्यहाँका ठुला पसलहरुमा चाँदी पुर्याउने गरेको महतोले प्रहरीलाई बताएको छ । यसअघिपनि दुईपटक गरी २५ किलो चाँदी भारत छिराएको उनले प्रहरीसमक्ष स्वीकारेका छन् ।

निरीक्षक मैनालीले जनाएअनुसार महतोको साथबाट नेपालको एनसीसी बैंक र भारतको पञ्जाब नेशनल बैंकको एटीएम, भारतीय पहिचानपत्र र भारतीय लाइसेन्स बरामद भएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।