बिहीबार, साउन २८, २०८३

जनकपुरबाट राजस्व कार्यालय सार्ने चलखेल !

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम - जनकपुरमा रहेको आन्तरिक राजस्व कार्यालय अन्यत्र सार्ने चलखेल सुरु भएको छ। सरकारले जनकपुरबाट राजस्व कार्यालय अन्यत्र सार्ने चलखेल सुरु गरेको भन्दै जनकपुर उद्योग वाणिज्य संघले विरोध जनाएको छ।

राजस्व कार्यालय सार्ने कदम अबिलम्व रोक्न वाणिज्य संघले माग गरेको छ।

यसअघि महोत्तरीको बर्दिवासमा राजस्व कार्यालयको सेवा केन्द्र सञ्चालनमा ल्याइए पनि अहिले आएर आन्तरिक राजस्व कार्यालयझैं समान अधिकार दिने तयारी गरिएको भन्दै वाणिज्य संघले विरोध गरेको हो।

जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष ललितकुमार साह नेतृत्को टोलीले आन्तरिक राजस्व कार्यालय प्रमुखलाई ज्ञापनपत्र बुझाउँदै कार्यालय सार्ने निर्णय यथाशीघ्र फिर्ता लिन आग्रह गरेको छ। प्रदेशको राजधानीबाट आन्तरिक राजस्व कार्यालय अन्यत्र सार्ने निर्णय फिर्ता नलिए आफूहरु सशक्त विरोधमा उत्रिन बाध्य हुने ज्ञापनपत्रमा चेतावनी दिइएको छ।

जनकपुरस्थित कार्यालयले धनुषा, महोत्तरी, सर्लाही र सिन्धुली जिल्लामा ४० करोडभन्दा मुनीको व्यापार व्यवसायलाई समेत सेवा दिँदै आइरहेको छ। विगत केही वर्षअघि करचुक्ता, खाता प्रमाणितजस्ता कार्यका लागि कार्यालयले महोत्तरीको बर्दिवासमा सेवाकेन्द्र सञ्चालनमा ल्याएको छ। तर अहिले आएर महोत्तरी, सर्लाही, सिन्धुली र धनुषाको मिथिला नगरपालिकालाई समेत गाभेर बर्दिवासमा समान अधिकार प्रदान गरेर कार्यालय सार्न लागिएको वाणिज्य संघको दाबी छ।

आन्तरिक राजस्व कार्यालय जनकपुरमार्फत प्रधानमन्त्री कार्यालयलाई बुझाइएको ज्ञापन पत्रमा कार्यालय सार्ने निर्णय तत्काल नरोकिए व्यवसायीहरु आन्दोलनमा जान बाध्य हुने चेतावनी दिइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।