बिहीबार, साउन २८, २०८३

भारतबाट यसरी काठमाडौं भित्रिन्छ लागूऔषध   

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- अनौठो शैलीमा काठमाडौंतर्फ ल्याउन लागिएको लागूऔषध पर्सा प्रहरीले बरामद गरेको छ।

लागूऔषधको ओसारपसार हुने मुख्य नाका वीरगंजबाट पर्सा प्रहरीले सोमबार बिहान एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका २० वर्षका महन्थ रामको साथबाट लागूऔषध नुर्फिम एक सय थान, फेनार्गन एक सय थान, डाईजेल्याब एक सय थानसहित पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ।

उनी सोमबार बिहान ८ बजे वीरगंज–१६ स्थित जयन्ती चोकबाट पक्राउ परेका हुन्। 

प्रहरीले गरेको नियमित चेकजाँजमा पैदलयात्री युवक रामले कम्मर तथा खुट्टामा पेटी बनाई भारतबाट नेपालमा लागूऔषध भित्र्याउदै गरेको अवस्थामा पर्सा प्रहरीले नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी सोमेन्द्र सिंह राठौरका अनुसार पक्राउ परेका भारतीय नागरिक महन्थ रामले उक्त लागूऔषध काठमाडौ लैजान लागेको बताएको छन्।

खुला सीमानाको फाइदा उठाउँदै लागुऔष कारोबार फरक फरक शैलीमा लागूऔषध नेपाल भित्र्याउन थालेका छन्। वीरगंज लागुऔषधको बढी कारोबार हुने नाका हो।

फरक शैलीमा नेपाल भित्रिएको लागूऔषध सहित पक्राउ परेका रामको बिस्तृत अनुसान्धन भैरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

रामसँगै  काठमाडौमा रहेका अन्य लागूऔषध कारोबारको जालो पत्ता लगाउने उदेश्यले पर्सा प्रहरीले  विस्तृत अनुसन्धान सुरु गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।