बिहीबार, साउन २८, २०८३

मिथिलामा ‘झुलन उत्सव’ को रौनक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम – प्राचीन मिथिलाको राजधानी जनकपुर अहिले झुला उत्सवले सिंगारिएको छ। चर्चित संस्कृति र पर्व मध्येमा पर्ने झुला उत्सवमा जनकपुरका मठ मन्दिरहरु संगीतमय बनेका छन्। यस झुलन उत्सवमा सहभागी हुन नेपाल तथा सीमावर्ती भारतबाट हजारौंको संख्यामा श्रद्धालुहरु आउने गर्दछन्।

मिथिला क्षेत्रमा रहेका मठमन्दिर र कुटीहरुमा आयोजना भइरहेको झुला उत्सवमा गाइने धार्मिक गीत संगीतले सबैलाई मंत्रमुग्ध बनाइरहेको हुन्छ। जनकपुर र आसपासका प्रत्येक मठमन्दिरमा झुलाकालागि सिंहासन निर्माण गरि सजाइएको गद्दीमा रामसीताको मूर्ति राखि झुलाउने परम्परा रहेको बताउँछन् जनकपुरस्थित जानकी मन्दिरका उत्तराधिकारी महन्त राम रोशन दास।

मिथिलाको सांस्कृतिक पर्वका रुपमा चिनिने झुला उत्सव साउन तृतिया देखि पूर्णिमासम्म मनाइन्छ। झुला उत्सवको सुरुवात सन्त परम्पराको प्रारम्भदेखि नै भएको पौराणीक मान्यता रहेको छ। 

सन्तहरु खुला चौर वा रुखको छहारीमा बास बसी झोलामा ल्याएको शालिग्रामलाई आसनमा राखि झुलाउने गरेको जनविश्वासको आधारमा मिथिलामा अहिलेसम्म पनि झुला उत्सवलाई निकै महत्वका साथ हेरिएको संस्कृतिविद् डा. राजेन्द्र विमलको भनाइ छ।

मिथिलाको प्रत्येक मठ मन्दिरमा झुला उत्सव मनाइए पनि जानकी मंदिर, राम मंदिर, लक्ष्मण मंदिर, रत्न सागर र अग्नी कुण्डभने सबैको आकर्षण केन्द्र बनेको छ। साँझको समयमा मनाइने झुला उत्सवमा सहभागी हुन नेपालका बिभिन्न स्थानकासाथै सीमावर्ती भारतीय जिल्लाबाट श्रद्धालुहरुको घुइँचो रहने गरेको छ।

यद्यपि विगतको तुलनामा झुलनोत्सवको रौनतकतामा कमी आएको जनकपुरका स्थानीयबासीहरुको भनाइ छ। युवापुस्तामा आधुनिकता हावी हुनुका साथै समय अभावका कारण भुलनोत्सवमा विगतको तुलनामा भिडभाडमा कमी देखिएको जनकपुरका सर्वसाधारणहरु बताउँछन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।