बुटवल– अविरल वर्षाका कारण दाङको बंगलाचुली गाउँपालिकामा पहिरो जाँदा ५ घर घरपरिवार विस्थापित भएका छन्। गाउँपालिका–२ टाकुराको धरमपानी टोलका ५ घर परिवार विस्थापित भएका हुन्।
दिलबहादुर घर्ती, भीमबहादुर घर्ती, पाराश्वर पुन, तेजबहादुर सार्की, होमबहादुर घर्तीसहित ५ परिवारका २२ जना विस्थापित भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। विस्थापितलाई सुरक्षित स्थानमा राखिएको वडा सदस्य भीमकुमार बुढाले जानकारी दिए।