बिहीबार, साउन २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • लाल प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई निर्देशन, ७ सदस्यीय समिति गठन

लाल प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई निर्देशन, ७ सदस्यीय समिति गठन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- सभामुख कृष्णबहादुर महाराले मधेश-थरुहट आन्दोलनको प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई विशेष निर्देशन दिएका छन्।

प्रतिवेदन सार्वजनिक गर्नेलगायतको माग राख्दै २६ दिनदेखि संसद अवरुद्ध थियो। सोमबार सुरु भएको बैठकमा सभामुख महराले पुनः सरकारलाई विशेष निर्देशन दिएका हुन्।

यसअघि पनि सभामुख महराले पटक–पटक प्रतिवेदन सार्वजनिक गर्न रुलिङ्ग गरेका थिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि प्रतिवेदन सर्वाजनिक गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। तर हालसम्म प्रतिवेदन सार्वजनिक भएको छैन।

यसैगरी संसदको जारी गतिरोध हटाउन ७ सदसीय समिति गठन भएको छ। उक्त समितिले विभिन्न समयमा अध्ययन गरी सुझाव दिनेछ।

सार्थक वार्ता तथा सम्बादमार्फत गतिरोध अन्य गर्न निष्कर्षमा पुगेको भन्दै संसदीय विशेष समिति गठन भएको हो। ‘अध्ययन तथा सुझाव संसदीय विशेष समिति’ मा सुवास चन्द्र नेम्वाङ्ग (संयोजक) र सदस्यहरुमा उमा शंकर अरगडिया, देव गुरुङ्ग, पुष्पा भुसाल, मिनेन्द्र रिजाल, लक्ष्मण लाल कर्ण र विन्दा पाण्डे छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।