काठमाडौं - नेपाल ओलम्पिक कमिटि (एनओसी) को निर्वाचन आगामी भदौ २० (सेप्टेम्बर ६) मा हुने भएको छ। सोमबार बसेको एनओसीको बोर्ड बैठकले नयाँ नेतृत्वका लागि निर्वाचन मिति तय गरेको हो।
आईओसीले प्रस्तावित मितिलाई स्विकृती प्रदान गरेसंगै एनओसीले नयाँ निर्वाचनको मिति तोकेको हो। बैठकले निर्वाचनका लागि लोकभक्त राणाको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति गठन गरेको छ।
यस्तै एनओसीको कार्यसमिति अब १९ सदस्यीय हुने भएको छ। विधान संसोधन गर्दै १७ बाट बढाएर १९ सदस्यीय बनाउने निर्णय बैठकले गरेको छ। अब हुने निर्वाचनले अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, सचिव ३, कोषाध्यक्ष १ र सदस्य ७ गरी १९ जना निर्वाचित गर्नेछ।
यस्तै नेपाल गल्फ संघले पनि एनओसीको एसोसिएट सदस्यको मान्यता पाएको छ। अब एनओसीको सदस्य संघको संख्या २७ पुगेको छ । अब एनओसीका निर्वाचनमा गल्फ संघले पनि भाग लिन पाउने छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४