बिहीबार, साउन २८, २०८३

बाढीले पुलमा क्षति पुर्‍याउँदा आवागमनमा समस्या 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी - बाढीले बाजुराको त्रिवेणी र बुढीगंगा नगरपालिका जोड्ने झोलुङ्गे पुलमा क्षति पुर्‍यापछि आवातजावत गर्न समस्या भएको छ। आइतबार राति भएको वर्षासंगै आएको बाढीले बगाएर ल्याएका रुखले झोलुङ्गे पुलमा क्षति पुगाएको हो। 

बाढीसंगै बगेर आएको रुखले पुल नै बाङ्गो बनाइदिएपछि आवातजावत बन्द भएको स्थानीय चक्र अयडीले बताए। तापडी सेरा बजार आवतजावतमा समस्या भएको उनले बताए। त्रिवेणी नगरपालिकाका स्थानीय दैनिक उपभोग्य वस्तु किन्न तापडी सेरा बजार जाने गरेका छन् तर बाढीपछि पुलमा पुगेको क्षतिका कारण आवातजावत नै रोकिएको छ। 

गत  वर्षको वर्षातमा पनि पुलमा नदीको बाढीका कारण क्षती भएको थियो। त्रिवेणी नगरपालिकाका उप–मेयर राधिका देवि सुनारले गत वर्ष देखि पुल जोखिममा रहेको बताइन्। उनले पुल मर्मतका बारेमा नगरपालिकाका पदाधिकारीसंग छलफल गर्ने बताइन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।