बिहीबार, साउन २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सर्लाही घटना र लाल प्रतिवेदन अध्ययन गर्न संसदीय समिति

सर्लाही घटना र लाल प्रतिवेदन अध्ययन गर्न संसदीय समिति

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - सर्लाहीमा प्रहरीको गोलीले मारिएका विप्लव समूहका नेता कुमार पौडेल तथा सडक आन्दोलन गर्दा मारिएका सरोजनारायण सिंहको विषयमा अध्ययन गर्न संसदीय समिति गठन भएको छ।

नयाँ बानेश्वरस्थित संसद भवनमा भएको सर्वदलीय छलफलमा समिति गठन गर्ने निर्णय भएको सभामुख कृष्णबहादुर महराले जानकारी दिए।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवास चन्द्र नेम्वाङ्गको नेतृत्वमा ७ सदस्यीय समिति गठन भएको हो।

राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोका अनुसार उक्त समितिले मधेश–थरुहट आन्दोलनको प्रतिवेदन सार्वजनिक नभएको विषयमा पनि अध्ययन गर्नेछ। उक्त समितिले अध्ययन पछि संसदमा जानकारी गराउनेछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।