बिहीबार, साउन २८, २०८३

४ केजी सुनसहित चिनियाँ पक्राउ   

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - त्रिभुवन विमानस्थल कार्यालयले चार केजी सुनसहित चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। हङकङबाट काठमाडौ‌ आएको ड्रागन एयरको फ्लाइट नम्बर के ए १०४ नम्बरको विमानबाट नेपाल आएका २३ वर्षीय ली निङ जीको साथबाट चार केजी सुन बरामद भएको विमानस्थल कार्यालयले जनाएको छ। उनी आइतबार राति १० बजे पक्राउ परेका हुन्।

लीको लगेज एक्सरे गर्दा कालो रङको बेल्टमा चारवटा सुनका बिस्कुट फेला परेको थियो। प्रत्येक बिस्कुट एक एक किलोका रहेको विमानस्थल भन्सार कार्यालयले जनाएको छ। पक्राउ परेका लीको थप अनुसन्धान भइरहेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।