बिहीबार, साउन २८, २०८३

भारत : कस्मिरलाई दिइएको स्वायत्तता खारेज

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

भारत सरकारले जम्मु कस्मिरलाई संवैधानिक रुपमा स्वायत्तता दिएको धारा ३७० खारेज गरेको छ । 

सरकारको सिफारिसमा राष्ट्रपति रामनाथ कोविन्दले जम्मु कस्मिरलाई विशेषाधिकार दिइएको संविधानको धारा ३७० र अनुच्छेद ३५ ए खारेज गरेका हुन् । 

धारा ३७० ले जम्मु कु्स्मिरलाई विशेष राज्यको दर्जा दिनुका साथै उक्त राज्यबारे कानुन बनाउने केन्द्र सरकारको अधिकारलाई पनि सीमित गरिदिएको थियो । 

यो धाराअनुसार जम्मु कु्स्मिरको आफ्नै संविधान थियो । सुरक्षा र विदेश मामिलाबाहेक सबै खालका निर्णय गर्ने अधिकार राज्यलाई थियो ।

त्यस्तै अनुच्छेद ३५ ले जम्मु कु्स्मिरमा बाहिरी व्यक्तिले अचल सम्पत्ति (जग्गा) किन्न र सरकारी सुविधारु प्राप्त गर्न नपाइने व्यवस्था गरेको थियो । 

योसँगै भारत सरकारले लद्दाखलाई जम्मु कु्स्मिरबाट अलग गरेको छ । अब लद्दाख केन्द्र प्रशासित राज्य हुनेछ, जहाँ विधानसभा हुनेछैन भने जम्मु कु्स्मिरमा विधानसभा रहे पनि यो केन्द्र प्रशासित राज्य हुनेछ । 

विपक्षीहरुले सरकारको यो प्रस्तावको विरोध गरिरहेका छन् । भारतका गृहमन्त्री अमित शाहले त्यहाँको राज्यसभामा केही बेरअघि सरकारको यो निर्णय प्रस्तुत गरेका  छन् ।
सत्तारुढ भारतीय जनता पार्टीले धेरै अघिदेखि धारा ३७० हटाउनेबारे छलफल चलाइरहेको थियो । 

केन्द्र सरकारको यो निर्णयको विरोध हुने र राज्यको सुरक्षा व्यवस्था खलबलिने पूर्वानुमान गरेर केन्द्र सरकारले जम्मु कु्स्मिरका पूर्व मुख्यमन्त्रीसहितका नेताहरुलाई नजरबन्दमा राखेको छ । कस्मिरमा मोबाइल र इन्टरनेट सेवा अवरुद्ध गरिएको छ । जम्मुमा कफर््यू लगाइएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।