बिहीबार, साउन २८, २०८३

बैतडीमा २ जनाको हत्या अभियोगमा ७ जना पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी- बैतडीमा दुई जनाको हत्या गरेको आरोपमा सात जना पक्राउ परेका छन्। 

गत असार १७ गते विद्यालयबाट बेपत्ता भएकी ८ बर्षीय बालिका कलावती सार्कीको हत्या गरेको आरोपमा दशरथचन्द नगरपालिका ४ का खगेन्द्रराम महरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिए।
 
दोगडाकेदार गाउँपालिका २ मल्लाढीक घर भएकी कलावती बुवा खडक सार्कीसंगै दशरथचन्द नगरपालिका ४ बमरोडामा बस्दै आएकी थिइन्। कलावतीको शव साउन ८ गते उनी अध्ययनरत विद्यालय शिव आधारभूत नजिकैको खोल्सामा खाल्डोमा गाडेको अवस्थामा भेटिएको थियो।
 
कलावतीका बुवा खडक सार्कीले कर्तव्य ज्यान मुद्दामा दिएको जाहेरीको आधारमा महरलाई पक्राउ गरीएको हो। यस्तै दशरथचन्द नगरपालिका ६ नगतडीका १८ बर्षीय दीपक महरको हत्या गरेको आरोपमा ६ जना पक्राउ परेका छन्। 

दीपकका बुवा किसनराम महरले दिएको जाहेरीको आधारमा दशरथचन्द नगरपालिका ६ का शंकर चुनारा, अमित रावल, पारस रावल, अनिल रावल, युनिक रावल र मनिष ठगुन्नालाई पक्राउ गरिएको प्रवक्ता पातलीले जानकारी दिए। 

साउन १४ गते बैतडी सदरमुकाम गोठलापानीबाट घर फर्केका दीपकको शव साउन १७ गते दशरथचन्द नगरपालिका ६ कन्सनीगाड नजिक फेला परेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।