बिहीबार, साउन २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बाग्लुङको तुरतुरे ताल फुट्यो : मध्यपहाडी राजमार्ग नै बगायो

बाग्लुङको तुरतुरे ताल फुट्यो : मध्यपहाडी राजमार्ग नै बगायो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

गुल्मी- अविरल वर्षासँगै आएको बाढीका कारण बाग्लुङको तुरतुरे ताल फुटेर मध्यपहाडी राजमार्ग बगाएको छ । गतवर्ष पहिरोले बडिगाड खोला थुनिएर बनेको तुरतुरे ताल सोमबार बिहान फुटेको हो ।
 
एक किलोमिटर लामो ताल फुटेपछि पानीको बहावले सडक बगाएको हो । पैदल यात्री समेत हिड्न नमिल्ने गरी पहिरो खसेको एसपी झबिन्द्रप्रसाद भट्टराईले जानकारी दिए ।

राति वर्षा भएपछि खोलामा पानी सतह बढेको छ।  वर्षाका कारण तालभन्दा केही मध्यहाडी लोकमार्ग भासिएर खोलामा झरेको छ।  पहिरोका कारण ताल फुटेको हुनसक्ने बताइएको छ।  

बुर्तिबाङ जानका लागि छुटेका सवारी साधनहरु खाल बजारमै रोकिएको बताईएको छ। लोकमार्गको अधिकाँस भाग पहिरोले बगाएको र कुनापट्टी ठूलो चट्टान कटान गर्नुपर्ने भएकाले लोकमार्ग सुचार हुन समय लाग्नसक्ने स्थानीयले बताएका छन्।  वर्षाका कारण खार बजारमा समेत माथिपट्टीबाट पहिरो झरेका कारण सडक अवरुद्ध छ।  

ताल फुटेर मध्यपहाडी राजमार्ग नै बागाएपछि पश्चिम बागलुङको ढोरपाटन नगरपालिका, निसीखोला र तमानखोला गाउँपालिकाको सम्पर्क टुटेको छ।

ताल फुटे पनि पानी भने एकैपटक नखोलिएकोले तल्लो तटीय क्षेत्रमा ठूलो क्षति नभएको प्रहरीले जनाएको छ । 

रातिको समयमा ताल फुटेर बडिगाड खोलामा पानीको बहाव बढेर आएपछि तल्लो तटीय क्षेत्रका स्थानीय रातभर जाग्राम बसेका थिए।  तुरतुरेभन्दा तल रहेका भिङगाड, भिङखाल, खार र खर्वाङ बजार लगायत क्षेत्रका स्थानीय रातभर नसुतेको स्थानीयले बताएका छन् ।  
 
तालको पानी घट्न थालेपछि त्यस स्थानमा डुबानमा परेका घरहरु र खेतहरु पनि देखिन थालेको स्थानीयले बताएका छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।