बिहीबार, साउन २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जम्मु-कश्मीरमा फोन र इन्टरनेट बन्द, पूर्व मुख्यमन्‍त्री नजरवन्दमा

जम्मु-कश्मीरमा फोन र इन्टरनेट बन्द, पूर्व मुख्यमन्‍त्री नजरवन्दमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

भारत प्रशासित कश्मीरमा पूर्व मूख्यमन्त्रीसहित कैयन नेताहरुलाई राज्य सरकारले नजरवन्द गरेको छ ।

श्रीनगर शहरमा मानिसहरुलाई भेला हुन, हिडडुल गर्न रोक लगाइएकोे छ भने जम्मुमा स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ ।
 
आतंकवादी आक्रमणको आशंका, भारत पाकिस्तान सीमा रेखामा बढ्दो तनाव र सुरक्षाबलको तैनाती बढाइएका कारण भारत कश्मिरमा तनावको स्थिति बनेको छ । 

पूर्व मुख्यमन्त्री उपर अब्दुल्ला र महबुबा मुफ्ती सहित राज्यका अन्य ठूला नेताहरुमध्ये कसैलाई घरमै नजरवन्द त कसैलाई गिरफ्तार गरिएको छ । 

भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार कश्मीरमा मोबाइल फोन र इन्टरनेट सेवा बन्द गरिएको छ । 

अहिले प्रधानमन्त्री नरेन्द्र मोदीको आवासमा मन्त्रिपरिषदको बैठक बसिरहेको र कुनै महत्वपूर्ण निर्णय आउनसक्ने भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।
 
कश्मीर प्रशासनले गएको शुक्रबार अमरनाथ यात्रामा गएका यात्री र पर्यटकलाई तुरुन्त कश्मीरबाट बाहिरिन सुरक्षा निर्देश गरेपछि कश्मीरमा जारी अन्यौल र तनाव अहिले झन् बढेको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।