बिहीबार, साउन २८, २०८३

आज नगपञ्चमी : यसकारण गरिन्छ नागको पूजा (फोटो फिचर)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

नमोSस्तु सर्पेभ्यो ये के च पृथिवीमनु ।
   येSअन्तरिक्षे  ये दिवि तेभ्यः सर्पेभ्यो नमः ।। 
                               -  शुक्लयजुर्वेद 

ती सर्प / नागराजहरूलाई नमस्कार छ। जो पृथ्वी, अन्तरिक्ष र स्वर्गमा व्याप्त छन्। 

यहि भावका साथ आज नागहरुको पूजा गरेर नागपञ्चमी मनाइँदैछ । सोमबार परेको नागपञ्चमीलाई अझै विशेष मानिन्छ । 

प्रकृतिका पूजक हिन्दूहरूले प्रकृति जन्य संरचनामा रहेका देव-देवी, पशु - पंक्षी , ढुङ्गा - माटो, वृक्ष - वनस्पतिहरू  ईश्वरकै  सृष्‍टिका आधारमा ईश्वरीय भावलाई मनन् गर्दै ईश्वरीय शक्तिका रुपमा पूजा गर्दछन्। 

यस्तै भाव प्रधानका आधारमा प्राकृतिक सन्तुलन कायम गर्ने कर्कट - गँगटो, वृश्चिक - बिच्छी, सरिसृप - नाग - सर्प आदि घर्षण गरी हिंड्ने विषधारीहरूलाई विशेष पूजा गरिन्छ। 

श्रावण शुक्ल पञ्चमीका दिन नागहरूको मन्दिर , ईनार , कुवा आदि जलाशयमा पूजा गर्नुका साथै नाग लगायत बिच्छी, गँगटो आदिको विभिन्न आकारमा चित्रहरू कोर्दै घरको ढोका माथि गाईको गोबरले  टाँस्दै कपास, दूबो, पैसा टाँसी विधि पूर्वक नागहरूको पूजा गर्दै लावाका साथ दूधको धारा दिने गरिन्छ। 



गाईको गोबरमा रोगलाई समन गरी निरोगिता प्रदान गर्ने औषधीय गुण भएकोले गोबरले लिपपोत गर्नु , पञ्चगव्यमा मिलाउनु, चित्रहरू टाँस्ने जस्ता कार्यहरूमा प्रयोग गरिनुले यसको आध्यात्मिकता र आरोग्यता प्रदान गर्ने वैज्ञानिक पक्षलाई उजागर गर्दछ। 

विद्युतीय तरङ्गको प्रभाव कम गराउन सक्ने क्षमता भएका उभयचरमा बस्ने, घर्षण गरी हिंड्ने सरिसृप प्राणीहरूमा अधिक मात्रामा तरङ्गीय क्षमतालाई रोक्न सक्ने सामर्थ्य हुन्छ।  मानव जीवनमा आई पर्ने अति वर्षा, भूक्षय, चट्याङ र चट्याङ्बाट घर जोगियोस्, विषादीको दोष नलागोस् भन्नका लागि यी परोपकारी नागहरूको पूजा गरिन्छ। 



प्राकृतिक सन्तुलन कायम गरी नकारात्मक ऊर्जालाई सकारात्मक ऊर्जामा परिणत गराउने हुनाले यिनीहरूको संरक्षण र पूजन गर्नु हाम्रो समृद्ध साँस्कृतिक पक्ष हो।

यसैगरी काठमाडौंको नक्सालस्थित नाग पोखरीमा श्रद्धालुले नागको विशेष पूजाअर्चना गरेका छन्। नागपोखरीमा सबेरैदेखि भीड लागेको थियो।



प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।