काठमाडौं- प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले महिला, बालबालिका जेष्ठ नागरिकलाई भद्र र विश्वासिलो ब्यावहार गर्न मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन्।
प्रहरी प्रधान कार्यालय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक निर्देशनालयद्वारा संचालित ‘आवश्यकता पहिचान सम्बन्धी तालिम’समापन कार्यक्रमा बोल्दै खनालले महिला बालबालिका तथा जेष्ठ नागरिकको मन जित्ने व्यवहार गर्न निर्देशन दिएका हुन्।
‘जनतामा नेपाल प्रहरी हाम्रो हो, हाम्रा लागि हो भन्ने अनुभव गराउनु पर्छ’, खनालले भने।
उनले समाजमा शान्ति सुरक्षा एवम् अमन चयन कायम गर्न प्रहरीले गरेको मेहेनतका कारण सामाजमा भएका घटनाहरु प्रहरी समक्ष आउने क्रममा वृद्धि भएको समेत बताएका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४