बिहीबार, साउन २८, २०८३

प्रदेश १ : ५ जिल्लाका ८ स्थानमा उपनिर्वाचन हुने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

इटहरी- संघीय मन्त्रीपरिषदको बैठकले आगामी मंसिर १४ गते स्थानिय चुनावको मिति तोकोको छ । मिति तोकिएसँगै प्रदेश १ का विभिन्न ५ जिल्लाका ८ स्थानमा चुनाव हुने निश्चित भएको हो ।

संविधानसभाका सदस्य रेवतीरमण भण्डारीले यस अगाडि नेपालमा स्थानीय निकाय हुँदा उपनिर्वाचन नभएकोमा स्थनीय तहमा भने हुन लागेकोले उत्साह छाएको बताए । 

प्रदेश १ का विभिन्न ३ स्थानीय सरकारका प्रमुख र ५ जना वडाअध्यक्षले ज्यान गुमाएका छन् । ज्यान गुमाएका जनप्रतिनिधिहरुको कारणले रिक्त स्थानीय तहमा चुनाव हुने भएको हो ।

प्रदेश १ का संखुवासभा, भोजपुर, सुनसरी, मोरङ र पाँचथरका विभिन्न ८ स्थानमा चुनाव हुने भएको छ ।

प्रदेश १ का विभिन्न ८ जना जनप्रतिनिधिहरु गुमाएका ७ स्थानिय तहमा चुनाव हुने भएको छ । 

सुनसरीको धरान उपमहानगरपालिकाका मेयर र वडा नम्बर ७, संखुवासभाको मकालु गाँउपालीका अध्यक्ष, भोजपुरको पौवादुङमा गाँउपालीका १, मोरङको धनपालथान गाँउपालीका वडा नम्बर २, पाँचगरको फाल्गुनन्द गाँउपालीका अध्यक्ष, हिलिहाङ गाँउपालीका वडा नम्बर ७ र फिदिम गाँउपालीका वडा नम्बर १ मा अध्यक्षको लागि चुनाव हुने भएको छ । 

प्रदेश १ ले कुन दिन कुन जनप्रतिनिधि गुमायोे ?

-२०७४ पुष ३० गते मकालु गाँउपालिका अध्यक्ष खड्गबहादुर कट्वाल
-२०७४ चैत १६ गते हिलिहाङ गाँउपालिका ७ का वडा अध्यक्ष तिर्थराज तिम्सीना
-२०७५ जेठ २ गते धरानको वडा नम्बर ७ का अध्यक्ष भुवन मोक्तान
-२०७५ जेठ २४ गते धनपालथान गाँउपालिका २ का अध्यक्ष बलिराम भगत
-२०७५ साउन १ गते धरान उपमहानगरपालिका मेयर तारा सुब्बा 
-२०७५ माघ २६ गते फाल्गुनन्द गाँउपालिका अध्यक्ष अमर बहादुर नेम्बाङ
-२०७६ सावन ६ गते फिदिम नगरपालिका १ का वडा अध्यक्ष हर्क मोक्तान
-२०७६ सावन १८ गते पौवादुङमा गाँउपालिका १ का वडा अध्यक्ष रुद्रबहादुर पाण्डे
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।