बिहीबार, साउन २८, २०८३

अपहरणमा परेको नाटक गरेर परिवारबाटै फिरौती

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- आफू अपहरणमा परेको भन्दै परिवारबाट पैसा असुल्ने र अपहरणको हल्ला फैलाउने तीनजना जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साले बिन्दवासिनी गाउँपालिकाका उपनेश चौरासिया र सनुप दास तत्वालाइ पक्राउ गरि अनुसन्धान सुरु गरेको छ।

त्यस्तै आफू अपहरणमा परेको भन्दै दिदी भिनाजुबाट पैसा असुल्ने वीरगंज महानगरपालिका–१६ इनर्वाका अरमान भन्ने महमद तबरेज आलम ठकुराईलाई पर्सा प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ।

पर्सा प्रहरीले सिसिटिभी फुटेजको आधारमा उनीहरुलाई पक्राउ गरिएको जनाएको छ। पर्साका प्रहरी प्रमुख एसपी सोमेन्द्र सिंह राठौरका अनुसार चौरासिया र दासले रक्सौल पुगेर अपहरणको हल्ला फैलाएका थिए।

आर्थिक कारोबार बिग्रेका महमद तबरेज आलम ठकुराई पैसा असुल्ने उदेश्यले अपहरणमा परेको भन्दै माग अनुसारको रकम नदिए आफ्नो हत्या हुने भन्दै आफ्नै दिदीलाई फोन गरेका थिए।

प्रहरीले उनको मोबाइलको लोकेशन ट्रयाक गर्दा ठकुराई चितवनमा रहेको पत्ता लागेको थियो। उनलाई मंगलबार भैरहवाबाट प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।