बिहीबार, साउन २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बनेपामा स्करपियो र ट्रकले ठक्कर दिँदा दुईजनको मृत्यु

बनेपामा स्करपियो र ट्रकले ठक्कर दिँदा दुईजनको मृत्यु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काभ्रे- काभ्रेको बनेपामा भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ। एकजना गम्भीर घाइते भएका छन्।

काठमाडौबाट बनेपातर्फ गइरहेको बा १७ च ८११२ नम्बरको स्करपियोले ठक्कर दिँदा बा ५७ प ९४६० नम्बरको मोटर साइकल चालक रविन थापाको मृत्यु भएको छ।

बनेपाको साझा पेट्रोल पम्प नजिकै सिन्धुपाल्चोकको सुनकोसी गाँउपालिकाले प्रयोग गदै आएको स्करपियोले ठक्कर दिँदा मोटरसाईकल चालक बनेपा- १२ का ३१ वर्षीय थापाको मृत्यु भएको हो।

उक्त मोटरसाइकलमा सवार वनेपा १२ का २१ वर्षीय सविन थापा गम्भीर घाइते भएका छन्। उनको विएण्ड वि अस्पतालमा उपचार भैरहेको छ।

धुलिखेलबाट बनेपातर्फ आइरहेको ट्रकले ठक्कर दिँदा एक युवतीको घटना स्थलमै मृत्यु भएको छ।

ट्रक चालक नियन्त्रणमा छन् भने मृतक महिलाको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी जयराज सापकोटाले जानकारी दिएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।