बिहीबार, साउन २८, २०८३

प्रधानमन्त्रीको विदेश भ्रमण : उपचार खर्च निजी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको उपचार निजी खर्चमा हुने सरकारका प्रवक्ताले जनाएका छन्।

आइतबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार मन्त्री गोकुल बाँस्कोटाले प्रधानमन्त्री ओलीको उपचार निजी खर्चबाट हुने बताएका छन्।

प्रधानमन्त्री ओली उपचार तथा आरामका लागि विदेश पुगेका छन्।

प्रधानमन्त्रीको उपचार खर्चका विषयमा मन्त्री बास्कोटाले भने,‘प्लेनको खर्च, सरकारी संयन्त्रको खर्च सरकारले दिने हो। जाने टोलीको जाते आते खर्च सरकारले दिने हो। कर्मचारीको टिएडिए सरकारले दिने हो।’

‘प्रधानमन्त्रीसँगै परिवारजन पनि भएको छ। त्यसबेला परिवारको जरुरत पर्छ। उपचार खर्च स्वयम् आफ्नो व्यवस्थापनमा गर्नु हुन्छ।’ उनले भने।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।