बिहीबार, साउन २८, २०८३

जनावरलाई हानेको गोली लागेर युवकको मृत्यु 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी- डोटीमा जङ्गली जनावर भगाउन हानेको गोली लागेर एक युवकको मृत्यु भएको छ ।

आदर्श गाउँपालिका–५ लामीखालका ५० वर्षे जङ्गे भुलले हानेको गोली लागेर राती करिव पौने ११ बजेतित १९ वर्षीया तपेश लुहारको ज्यान गएको हो ।

गोली लागेर उनको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरिक्षक लालबहादुर धामीले जानकारी दिए । तपेशको टाउकोमा गोली लागेको बुझिएको छ ।

स्थानीय सलामीढाडा सामुदायिक वन नजिकै गगने भाट र पुने भाटको खेतको किनारमा जङ्गे भुलले एक नाले भरुवा बन्दुक चलाउँदा गोली तपेशलाई लागेको जनाइएको छ ।

घटना भए लगतै इलाका प्रहरी चौकी आदर्शका प्रमुख प्रहरी नायव निरिक्षक धर्मानन्द जोशी नेतृत्वको टोलीले गोली चलाउने व्यक्ति र बन्दुक नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

घटनाको मुचुल्का तयारी र विस्तृत अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरिक्षक कर्णबहादुर बोहरा नेतृत्वको टोली आइतबार बिहानै घटनास्थलतर्फ गएको छ । 

मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल डोटीमा ल्याइने जिल्ला प्रहरी कार्यालय डोटी श्रोतले जनाएको छ ।  जंगली जनावर बदेलको सिकार गर्न बन्दुक चलाएको स्थानीयले बताएका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।