बिहीबार, साउन २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भोजपुरमा वडाध्यक्षको निधन : प्रदेश १ ले ७ जनप्रतिनिधि गुमायो 

भोजपुरमा वडाध्यक्षको निधन : प्रदेश १ ले ७ जनप्रतिनिधि गुमायो 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

भोजपुरको पौवादुङमा गाउँपालिका  वडा नम्बर १ का अध्यक्ष रुद्र बहादुर पाण्डेको निधन भएको छ । 

७२ वर्षीय पाण्डेको आइतबार निधन भएको गाउँपालिका अध्यक्ष  किरण राईले जानकारी दिए । उनले भने- 'गाउँपालिकाको सबैभन्दा जेष्ठ सदस्यको निधनले हामी मर्माहत भएका  छौ।'

वडाध्यक्ष पाण्डेको निधन भएसँगै प्रदेश १ मा मृत्यु हुने जनप्रतिनिधिको संख्या ७ पुगेको छ। 

धरान उपमहानगर प्रमुख तारा सुब्बा, संखुवासभाको मकालु गाउँपालिका अध्यक्ष खड्ग बहादुर कट्वाल र पाँचथरको हिलिहाङ गाउँपालिका अध्यक्ष अमर बहादुर नेम्बाङको निधन भएको छ। 

यस्तैगरि, धरान उपमहानगरक्ल वडा ७, मोरङको धनपालथान गाउँपालिका वडा नम्बर २, पाँचथरको हिलिहाङ गाउँपालिका वडा ७ का वडा अध्यक्षहरुको पनि मृत्यु भएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।