काठमाडौं- पुनः मनसुन सक्रिय भएसँगै आगामी तीन दिन देशका अधिकांश ठाउँमा भारी वर्षा हुने भएको छ।
नेपालभन्दा दक्षिणतिर रहेको मनसुनी न्यूनचापीय रेखा (मनसुनी समयमा वर्षा गराउने प्रणाली) नेपालतिर सरिरहेकाले आइतबार साँझदेखि मनसुनी गतिविधि सक्रिय हुने महाशाखाले जनाएको छ ।
आइतबार देशभरको मौसम आशिंकदेखि सामान्य बदली हुने र केही ठाउँमा हल्कादेखि मध्यम वर्षा हुने मौसमविद् विभूति पोखरेलले जानकारी दिइन् । उनका अनुसार आइतबार साँझबाट भारी वर्षा हुने र देशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना छ ।
मौसम पूर्वानुमान महाशाखाले आइतबार बिहान २४ घण्टे चेतावनी जारी गर्दै भनेको छ– देशका केही स्थानमा मेघ गर्जनरचट्याङ पर्ने सम्भावना रहेको तथा मध्य र पूर्वका पहाडी भूभागका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध छ ।
जुन–जुन स्थानमा वर्षा हुने प्रक्षेपण गरिएको छ, ती स्थानमा पहिरो जाने तथा खोलानाला बढ्ने सम्भावना रहेकाले सर्तक हुन अपिल गरिएको महाशाखाले जनाएको छ ।
सोमबार र मंगलबार पनि देशभरको मौसम आंशिकदेखि सामान्य बदलीको अवस्थामा रहने र राति पश्चिमको केही ठाउँमा ठूलो पानी पर्ने महाशाखाको अनुमान छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
श्रावण १९ गते (आईतबार )
दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाहुने संभावना छ।
राती: देशभर आंशिक देखि सामान्य बदली रही देशको मध्य र पुर्वका केही स्थानहरुमा तथा पश्चिमि भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने संभावना छ । पूर्व र मध्य पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
श्रावण २० गते (सोमबार )
दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाहुने संभावना छ। पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
राती: देशभर आंशिक देखि सामान्य बदली रही देशको पश्चिमि भू-भागका केही स्थानहरुमा तथा मध्य र पुर्वका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने संभावना छ। पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
श्रावण २१ गते (मंगलबार )
दिउँसो: देशको पश्चिमी भूभागमा सामान्य देखि पूर्ण बदलि रहने सम्भावना छ साथै बाँकि स्थानमा आंशिक देखि सामान्य बदली रही पश्चिमि भू-भागका केही स्थानहरुमा तथा मध्य र पुर्वका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाहुने संभावना छ। पश्चिम क्षेत्रका एक दुई स्थानमा भारी वर्षा को सम्भावना रहेको छ ।
राती: देशभर आंशिक देखि सामान्य बदली रही देशको पश्चिमि भू-भागका केही स्थानहरुमा तथा मध्य र पुर्वका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने संभावना छ। पश्चिम क्षेत्रका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४