बिहीबार, साउन २८, २०८३

विप्लवप्रति झनै कठोर बन्‍ने सरकारको संकेत

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- राजधानीबाट प्रकाशित आइतबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयका खबरलाई प्राथमिकताका साथ छापेका छन् ।

नागरिक दैनिकले सरकारले विप्लव समुहप्रति कठोर बन्ने संकेत दिएको विषयलाई मुख्य समाचार बनाएको छ । यस्तै वीर अस्पतालको हरिविजोगलाई पनि प्राथमिकताका साथ छापेको छ ।
 
यस्तै आजको कान्तिपुर दैनिकले मोरङ र सुनसरीको चारकोसे जंगल तीन दशकमा झन्डै ११ हजार हेक्टरले घटेको विषयलाई प्राथमिकताका साथ छापेको छ ।

यस्तै गैरकानुनी रुपमा सार्वजनिक जग्गा, बन, नदि अतिक्रमण गरेर बसेकालाई अतिक्रमित ठाउँमै बसोबास गर्न दिने कानुन बनाइन लागेको विषयलाई पनि प्राथमिकताका साथ छापेको छ। 

आजको नयाँ पत्रिकाले भने जुटमिलमा सरकारको ६८ प्रतिशत सेयर ३३ प्रतिशतमा झार्ने खेलाडी को हुन् ? शीर्षकमा मुख्य समाचार छापेको छ । यस्तै नेपाली स्याटलाइट  अन्तरिक्ष पुगेको डेढ महिना भएपनि अझै तस्बिर प्राप्त गर्ने ग्राउन्ड स्टेसन अझै नबनेको विषयलाई पनि महत्वका साथ छापेको छ ।
 
आजको अन्नपूर्ण पोस्ट्ले भने प्रदेश ५ मा जताततै खनिएका ज्यानमारा पोखरीमा डुबेर १५७ जनाको मृत्यु भएको विषयलाई प्राथमिकताका साथ छापेको छ। सोलुखुम्बु क्याम्पस  अर्ब जुटाउने अभियानमा लागेको विषयलाई भने मुख्य समाचार बनाएको छ ।

विप्लवप्रति सरकार कठोर बन्ने संकेत

नागरिक दैनिकमा प्रकाशित समाचारअनुसार सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीविरुद्ध कठोर हुने संकेत दिएको छ। 

सो पार्टीले देशभर बम विस्फोट गराउनुका साथै पार्टीभित्र सरकारसँग वार्ता गर्नुपर्छ भन्ने नेतालाई कारवाही गरेको छ। यसबाट रुष्ट बनेको सरकारले विप्लवका नेताकार्यकर्तालाई नियन्त्रणमा लिन बल प्रयोग हुने संकेत दिएको हो।

सरकारले प्रतिबन्ध लगाएको विप्लव नेतृत्वको पार्टीले बिहीबार देशका विभिन्न स्थानमा रहेका एनसेलका २५ वटा टावरमा विस्फोट र आक्रमण गरेको थियो।

गृहमन्त्रीलाई सुरक्षा निकायका प्रमुखहरुले नियमित बिफ्रिङका क्रममा विप्लव समूहका विध्वंसात्मक गतिविधि नियन्त्रण गर्न कडा कदम चाल्नुपर्ने धारणा राखेका छन्। उनीहरुले विप्लव समूहलाई नियन्त्रण गर्न नेपाल प्रहरीको साथमा औपचारिक रुपमै सशस्त्र प्रहरी खटाउन गृहमन्त्री रामबहादुर थापालाई सुझाएका छन्। 

शुक्रबार भएको चार घन्टा लामो बिफ्रिङमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरुले गृहमन्त्री थापालाई देशभरको सुरक्षा अवस्थाबारे जानकारी गराउँदै विप्लव समूहले देशभर आफ्ना गतिविधि बढाउन खोजेको, चन्दा आतंक झन् बढाएको, सरकारी कार्यालय र सम्पत्तिमा क्षति पुर्‍याउन थालेको बताएका थिए।

विप्लव समूहका गतिविधि नियन्त्रण गर्न नेपाल प्रहरीसँगै सशस्त्र प्रहरी पनि खटाउनुपर्ने उनीहरूले बताए।

खुम्चिँदै चारकोसे : ३० वर्षमा ११ हजार हेक्टर घटयो

कान्तिपुरमा प्रकाशित समाचारअनुसार मोरङको चारकोसे जंगल तीन दशक अवधिमा झन्डै ११ हजार हेक्टर घटेको छ । 

अहिले पनि कागजी रूपमा ५५ हजार ५ सय हेक्टरमा फैलिएको चारकोसे जंगल दुई वर्षअघिको नापी सर्भेअनुसार भने ४४ हजार ५ सय ४० हेक्टरमा सीमित भएको छ ।

घना जंगल रहेको ठाउँमा अहिले बाक्लो बस्ती र बजार विस्तार भएको छ । डिभिजन वन कार्यालय मोरङका प्रमुख विशाल घिमिरेले तीन दशकमा जंगल क्षेत्र करिब ११ हजार हेक्टर घटेको बताए । 

सरकारले वन अतिक्रमण गरेर बसोवास गर्नेलाई स्थायी रूपमै जग्गा दिने नीति ल्याउने तयारी गरिरहेको छ । यो नीति ल्याइए अतिक्रमित वन क्षेत्र व्यक्तिका नाममा दर्ता हुनेछ ।

अहिलेको लेटाङ, बेलबारी, डाँगीहाट, भाउन्ने, पथरी, कानेपोखरी, मंगलबारे, उर्लाबारी, मधुमल्ला, केराबारी र सुन्दर हरैंचालगायत क्षेत्रमा घनाजंगल थियो । अहिले ती सबै ठाउँमा बाक्लो बस्ती र बजार विस्तार भएको छ । 

सोलुखुम्बु क्याम्पसको अर्ब जुटाउने अभियान

अन्नपूर्ण पोस्ट्माप्रकाशित समाचारअनुसार सोलुखुम्बुमा ५ सय विद्यार्थीलाई आवासीय सुविधासहितको उच्चशिक्षा उपलब्ध गराउन अभियान सुरु भएको छ। 

प्रथम सगरमाथा आरोही एडमन्ड हिलारीको पहलमा स्थापित सोलुखुम्बु बहुमुखी क्याम्पसले टुरिजम र माउन्टेनरिङ विषयमा निःशुल्क शिक्षा उपलब्ध गराउन लागेको हो। यसका लागि क्यापसले मेची–काली अभियान थालेको छ।

अभियानअन्तर्गत क्याम्पसले ७७ जिल्लाका ५ लाख व्यक्ति, ५ हजार सरकारी तथा गैरसरकारी संस्था र विश्वका २५ देशका नागरिकसँग सहयोग जुटाउँदै छ। यसलाई संसारकै धेरै नागरिकको सहभागितामा सञ्चालित पब्लिक क्याम्पस बनाइने क्याम्पस प्रमुख उद्धवकुमार शर्माले बताए।

एक व्यक्तिसँग न्यूनतम १ सय रुपैयाँ सहयोग लिएर एक अर्बको अक्षयकोष बनाउने लक्ष्य क्याम्पसको छ। अभियान आगामी पाँच वर्ष चल्नेछ। कोषको ब्याजबाट ७७ जिल्लाका एक छात्र एक छात्रा गरी १ सय ५४ जनाका लागि बर्सेनि निःशुल्क प्राविधिक तथा व्यावसयिक शिक्षाको कोटासमेत उपलब्ध हुने बताइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।