बिहीबार, साउन २८, २०८३

प्रहरी चौकीमा हमला गरी पाँच थुनुवाको हत्या

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

मेक्सिको- मध्य मेक्सिकोको एक प्रहरी चौकीमा अज्ञात बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा त्यस चौकीमा थुनामा राखिएका पाँचजना थुनुवाको मृत्यु भएको छ।

थुनामा राखिएका ती व्यक्तिलाई नै लक्ष्य गरेजस्तो गरी कैयौँको संख्यामा आएका ती बन्दुकधारीले मध्य मेक्सिकोको ग्वान्जुतो राज्यको उक्त प्रहरी चौकीमा गोली चलाएका थिए।

उक्त प्रान्तका प्रान्तीय प्रहरी प्रवक्ता जुआन जोस मार्टिनेजले दिएको जानकारीअनुसार त्यस गोली प्रहारमा परी पाँच जना थुनुवा मारिएका छन्। तर ती थुनुवालाई के कति कारणले थुनामा राखिएको थियो भन्ने बारेमा भने उनले केही बताएका छैनन्।।

उक्त प्रान्त मेक्सिकोको एक ठूलो औद्योगिक क्षेत्रमा पर्दछ। त्यहाँ कार निर्माणका ठूलो कारखानाहरु रहेका छन्। यस कारण पनि यस क्षेत्रमा आपराधिक गतिविधि सञ्चालन गर्ने विभिन्न समूहहरु जाने गर्दछन्। 

तर पनि त्यस क्षेत्रमा सरकारले ठूलो सुरक्षा प्रबन्ध गर्न नसकेको गुनासो उद्यमी व्यवसायीहरुको हुने गर्दछ। मेक्सिकोमा अवैध रुपमा लागू औषध ओसारपसार गर्ने विभिन्न आपराधिक समूहहरु विगतदेखि नै सक्रिय रही आएका छन्। 

यस आक्रमणमा पनि तिनै समूहहरुको हात हुनसक्ने प्रहरीले जनाएको छ। तर यो कुराको आधिकारिक रुपमा पुष्टि हुन भने सकेको छैन। प्रहरीले आक्रमणकारी आक्रमणकारी को हुन् र किन प्रहरी चौकीमा हमला गरेका हुन् भन्ने बारेमा खोजी थालेको बताएको छ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।