बिहीबार, साउन २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश २ : भ्रमणमा लाखौं खर्च, मुख्यमन्त्रीको भन्दा राज्यमन्त्रीको धेरै

प्रदेश २ : भ्रमणमा लाखौं खर्च, मुख्यमन्त्रीको भन्दा राज्यमन्त्रीको धेरै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम- प्रदेश २ सरकारका मुख्यमन्त्रीदेखि मन्त्रीहरुले दैनिक भ्रमण भत्तामा लाखौं रुपैयाँ खर्च गरेका छन्।

प्रदेश सरकारका मुख्यमन्त्रीदेखि मन्त्रीहरुले गत आर्थिक वर्षमा दैनिक भ्रमण भत्तामा २२ लाख रुपैयाँ भन्दा बढी खर्च गरेका छन्। प्रदेश सरकारक मुख्यमन्त्री र मन्त्रीहरु जिल्ला भ्रमणमा गएको बेला दैनिक भ्रमण भत्ता पाउने सुविधा पाएका छन्।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७५/०७६ मा प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरुले दैनिक भ्रमण भत्तास्वरुप २२ लाख ९७ हजार २० रुपैयाँ लिएका छन्।

गत आर्थिक वर्षमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रामनरेश रायले सबैभन्दा कम ५५ हजार दैनिक भत्ता बुझेका छन्। यसैगरी सबैभन्दा बढी दैनिक भ्रमण भत्ता बुझ्नेमा आर्थिक मामिला तथा योजना राज्यमन्त्री उषा यादव छन्। राज्यमन्त्री यादवले दैनिक भत्ता लिन मुख्यमन्त्री राउतलाई समेत उछिनेकी छन्।

मुख्यमन्त्री राउतले गत आर्थिक वर्षमा ३ लाख ७ हजार ८४० रुपैयाँ दैनिक भ्रमण भत्ता बुझ्दा राज्यमन्त्री यादवले भने ३ लाख १९ हजार २८३ रुपैयाँ भ्रमण भत्ता लिएकी छन्। 

आफूहरुले काम गर्ने जिम्मेवारी नपाएको भन्दै गुनासो गरिरहेका बेला आर्थिक मामिला तथा योजना राज्यमन्त्री यादवले यति परिमाणमा भ्रमण भत्ता बुझेकी छन्।

यसैगरी दैनिक गत आर्थिक वर्षमा दैनिक भत्तावापत भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले २ लाख ७४ हजार ९९०, आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले १ लाख ८५ हजार ५४०, आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले १ लाख ३९ हजार ८३४, कृषिमन्त्री शैलेन्द्र साहले १ लाख ४ हजार ३७० र सामाजिक विकासमन्त्री नवलकिशोर साहले १ लाख १८ हजार रुपैयाँ बुझेका छन्।

आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोजकुमार सिंहले २ लाख ८४ हजार ३, कृषि राज्यमन्त्री योगेन्द्र यादवले १ लाख ७४ हजार ६ सय, सामाजिक विकास राज्यमन्त्री अभिराम शर्माले ६९ हजार ३७५, भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल झाले १ लाख ५७ हजार ६० र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले १ लाख ८२ हजार २३५ रुपैयाँ भ्रमण भत्ता बुझेका छन्।

दैनिक भ्रमण भत्ता वापत प्रतिदिन मुख्यमन्त्रीले तीन हजार, मन्त्री र राज्यमन्त्रीले दुई हजार रुपैयाँ पाउने मुख्यमन्त्री तथा मन्त्रीहरुको सेवासुविधासम्बन्धी कानुनमा व्यवस्था छ।

यसैगरी गत आर्थिक वर्षमा मुख्यमन्त्री राउतले ३ हजार ६ सय, मन्त्रीहरुले तीन हजार र राज्यमन्त्रीहरुले २ हजार ७ सय लिटर गरी जम्मा ९ हजार ३ सय लिटर इन्धन खर्च गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।