बिहीबार, साउन २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विप्लव समूहद्वारा प्रहरी असईलाई इन्काउन्टरको चेतावनी 

विप्लव समूहद्वारा प्रहरी असईलाई इन्काउन्टरको चेतावनी 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

धनगढी- प्रहरीको राष्ट्रिय अनुसन्धान ब्यूरोका असई कैलाली बर्दगोरिया–१ का भैरव कुँवरलाई  विप्लव समुहले इन्काउन्टरको चेतावनी दिएको छ।

आफ्ना पार्टीका नेता कार्यकर्तामाथि सुराकी गरेको भन्दै विप्लव समूहले कुँवरलाई सुराकी नरोके इन्काउन्टर गर्न बाध्य हुने चेतावनी दिएको हो। 

प्रहरीले देशभर विप्लव समूहका कार्यकर्तालाई पक्राउ गरी मुद्दा चलाइरहेको समयमा विप्लव समूहको कैलाली जनअदालतले प्रहरीविरुद्ध नै पक्राउ पुर्जी जारी गरेको हो।

विप्लव समूहले विज्ञप्ति नै निकालेर कुँवरलाई सुराकी नरोके इन्काउन्टर गर्ने चेतावनी दिँदै २५ दिनभित्र पक्राउ गर्ने जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।