बिहीबार, साउन २८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अष्ट्रेलिया कार दुर्घटना : नेपाल फर्कन लागेका चालक भट्टराई पक्राउ

अष्ट्रेलिया कार दुर्घटना : नेपाल फर्कन लागेका चालक भट्टराई पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - गत साता अष्ट्रेलियामा भएको कार दुर्घटनाका चालक सागर भट्टराईलाई प्रहरीले पक्राउ गरेको छ। स्थानीय समय अनुसार शुक्रबार राति नेपाल आउने क्रममा प्रहरीले भट्टराईलाई सिड्नी एयरपोर्टबाट पक्राउ गरेको अष्ट्रेलियन सञ्चार माध्यमले जनाएका छन्। 

क्यानबेरा अस्पतालमा उपचार गराइ डिस्चार्ज भएपछि परिवार भेट्न नेपाल आउने क्रममा उनी पक्राउ परेका हुन्। पक्राउ परेका उनलाई मस्कट प्रहरी चौकीमा राखिएको छ। 

गत आइतबार स्नोइ माउन्टेन जाने क्रममा कारमा सवार पाँच मध्ये दुई जनाको मृत्यु भएको थियो। मृत्यु हुनेमा स्याङ्जा वालिङ नगरपालिका १० की समिक्षा सुवेदी र गल्याङ नगरपालिका ६ का गोपाल भण्डारी रहेका छन्।

पक्राउ परेका चालक भट्टराईविरुद्ध लापरवाही तरिकाले गाडी चलाउँदा ज्यान गएकोलगायतका आरोपमा प्रहरीले मुद्दा चलाएको छ। उनलाई सेप्टेम्बर २७ तारिकमा अदालत पेश गरिने र त्यतिन्जेलसम्म प्रहरी हिरासतमै राखिने भएको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।